भोजपुर हातेमालो समाज बहराईनको क्याम्पसलाई फ्रि ईन्टरनेट जडान गर्न आर्थिक सहयोग

भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६१ वटा आंगिक क्याम्पसमध्ये एक भोजपुर बहुमुखी क्याम्पसमा फ्री वाइफाइ जडानको लागि भोजपुर हातेमालो सेवा समिति बहराइनले आर्थिक सहयोग जुटाएको छ । क्याम्पसमा ईन्टरनेटको पहुँचलाई सुदृढीकरण गरि आधुनिक प्रविधीको पहुँचलाई अध्यन अध्यपनमा र प्रशासनिक काम कार्यमा सहजताको लागि उक्त आर्थिक सहयोग गरेको समितिका अध्यक्ष खगेन्द्र राईले बताए ।
स्ववियुद्वारा सञ्चालन गरिएको फ्री वाइफाइ अभियानमा वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका नेपालीहरुबाट प्राप्त सहयोगबाट उक्त सुविधा ल्याउने योजना भएको स्ववियु सभापति प्रकाशसिं राईले बताए ।
समिति बहराइनको पहलमा भोजपुर बहुमुखी क्याम्पसमा वाइफाइको पहँुचलाई केही सुदृढीकरण गरि पहुचलाई उन्नत बनाइ अध्यन अध्यापन र प्रशासनिक कामकाजमा सहज होस भनी बहराइनमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरुबाट सहयोग स्वरुप २३ हजार एक सय पाँच रुपैँया रकम स्वबियु सभापति प्रकाश सिं राई को नाममा समितिका अध्यक्ष खगेन्द्र राईबाट पठाईएको जनाईएको छ ।
बहराईनस्थित वैदेशिक रोजगारीको शिलाशिलामा पुगेका भोजपुरबासी किरण गुरुङ, हरि शेर्पा, बिनोद राई, आङ दावा शेर्पा, रदिय तामाङ, निर्मला तामाङ, संजित राई, मणि कु राई, मान ब राई, प्रकाश खत्री, हर्क राज राई, हरि ब गुरुङ, शान्ता राई, प्रेम कु राई, टंक अधिकारी, बिष्णु कु राई र खगेन्द्र राईले आफ्नो मातुभुमि सम्झेर सहयोग गरेका हुन् । सहयोगी सम्पूर्णप्रति क्याम्पस प्रशासन सँधै आभारी रहने सभापति राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार