भद्रपुर । वैदेशिक रोजगारीको सिलसिलामा माल्दिभ्स गएकी झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मृत्यु भएको छ ।
घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर डेढ वर्षअघि मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो ।
सङ्गीताको शव आज बिहान घर ल्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । उनी अविवाहित थिइन् । रासस