बलात्कार र हिंसाको भत्र्सना गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  सिलिचुङ समाचारदाता

भोजपुर । देशमा दिनप्रतिदिन बढिरहेको महिला तथा बालबालिकामाथिको हिंसा र बलात्कारका घटनाको गम्भिरतापूर्वक छानबिन गरि सत्यतथ्यको आधारमा दोषी पत्ता लगाई कडा कारबाहीको माग गर्दै सञ्जालले प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
महिला हिंसा तथा बलात्कारका घटनाहरुको चर्को आलोचना गर्दै अन्तरपार्टी महिला सञ्जाल भोजपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
देशव्यापी रुपमा ७७ वटै जिल्लामा सञ्जालले बलात्कारको घटनालाई लिएर न्याय माग्न सडकमा निस्कीएका जनसमुदायलाई उल्टै प्रशासनिक दमनको शिकार हुनुपरेको ज्ञापनपत्रमा उल्लेख छ । पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको नै घटनाको ढाकछोप गरी अपरधीलाई संरक्षण गर्न खोजेकोमा प्रश्न समेत उल्लेख गरिएको छ ।
सञ्जालकी सचिव सविना राईले घटनाको सत्यतथ्य पत्ता लगाई सबै घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई कुनै बहानामा पनि उन्मुक्ति दिन नहुने बताएकी छन् । उनले भनिन्, ‘महिलाको अस्मिता माथि भइरहेको अपमानले समग्र देशको शिर निहुरिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार