भोजपुरे शुक्रधन राईको पोखरीमा डुबेर मृत्यु

  सिलिचुङ सम्वाददाता

विराटनगर । पोखरीमा डुवेर भोजपुरका एक जनाको ज्यान गएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा अन्दाजी ३५ वर्षिय शुक्रधन राई डुवेर ज्यान गएको हो ।
पोखरी रेखदेख गर्दै आएका भोजपुर घर भएका अन्दाजी ३५ वर्षिय शुक्रधन राई एउटा पोखरीवाट अर्को पोखरीमा माछाको भुर्रा सार्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा आज बिहान पोखरीमा राईको शव फेला पारेको थियो ।

शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार