भोजपुर । जिल्ला प्रहरी कार्यालय नजिकै अपरान्ह एक घरमा आगालागी हुँदा साढे १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका ७, का स्थानीय गोविन्द सुन्दासको घरमा दिउँसो करिब साढे ११ बजेतिर विद्युत सर्ट भई आगालागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घरको दोश्रो तलामा रहेको कोठामा विद्युत सर्ट भई सुरु भएको आगोले सुन्दासको घरमा रहेको १४ लाख ५० हजार बराबरको नगद, सुन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चरित्र विक्रम कार्कीले बताए । उक्त आगालागी स्थानीयबासी, सुरक्षाकर्मी र दमकलको सहायताले नियन्त्रणमा लिएको थियो ।