नेपाली शिक्षकर्मीहरु अहिले चरणबद्ध रुपमा आन्दोलनरत छन् । हामी सबैलाई सर्वविदितै छ तथापि केही भ्रमहरु पनि छन् कि शिक्षकहरु पढाउन छोडेर अधिकारका लागि आन्दोलनमा रे ? के को आन्दोलन ? शिक्षामा गुणस्तर छैन ? निजि विद्यालयमा सबैका नानीहरु लान थालिसके आदि इत्यादि । नेपाली शिक्षकर्मीहरुले विना आन्दोलन यो मुलुकमा कुनै पनि सेवा सुविधाहरु प्राप्त गरेको इतिहास छैन । फेरि पनि नेपाली जनताहरुको वलिदानीपूर्ण त्याग र संघर्षबाट आफ्नो संविधान आफ्नै प्रतिनिधिहरु मार्फत प्राप्त गरि मुलुक अहिले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ ।
आफ्नो स्थापनाकाल पूर्व नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मन्च र मद्येशि शिक्षक मन्चले अलग अलग रुपमा उठाउदै आएका शैक्षिक माग र तत्कालीन सरकारहरु सँग भएका संझौताहरुलाई कार्यान्वयन गर्न र अविच्छिन्न रुपमा गुणस्तरीय शिक्षा, शिक्षकका पेशागत हक हित र अनिवार्य र निः शुल्क शिक्षाका लागि आन्दोलित छ नेपाल शिक्षक महासंघ कोही कसैले पनि भ्रम राख्न आवश्यक छैन ।
संघीय शासन प्रणाली मार्फतका सम्पूर्ण शासकीय स्वरुपहरुले पूर्णता प्राप्त गरिसकेको छ । तर नेपालको शिक्षा क्षेत्रमा तात्विक कुनै परिवर्तन भएको छैन । वरु उल्टै शिक्षकर्मीहरु आन्दोलित हुनु परिरहेको छ । विडम्वना नेपालको शिक्षा संक्रमणकालीन लामो कालखण्डबाट गुज्रिनु परेको छ । नेपालको शिक्षाको बारेमा बहस छलफल पर्याप्त नभइ रहेको छ । जसको प्रतिफल स्वरुप नेपालको शिक्षा मुलुकको आवश्यकता भन्दा पनि अरु नै मुलुकका लागि भने जस्तो भइरहेको छ । उत्तम क्षमताका जनशक्तिहरु विकसित मुलुकतर्फ र अन्य सामान्य क्षमताकाहरु अन्य देशमा वैदेशिक रोजगारीका क्रममा गइरहेका छन् । मुलुकका लागि आवश्यक दक्ष जनशक्ति हाम्रो शिक्षाले उत्पादन गरिरहेको छैन । यसका लागि व्यापक छलफल तथा बहस गरेर चिन्तन र मनन गरि शैक्षिक नीति तथा शैक्षिक कार्ययोजना बन्न आवश्यक छ । आन्दोलनरत शिक्षकर्मीहरु यसका बारेमा सकारात्मकरुपमा योगदान गर्न तयार रहेको अवगत गराउन चाहन्छु ।
नेपाल शिक्षक महासंघ नेपाली शिक्षकर्मीहरुको साझा छाता संस्था हो । साथै आधिकारिक ट्रेड युनियन पनि हो । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मूल आर्दश वाक्य सहित विगत वि.सं. २०७१ सालमा स्थापना भइ क्रियाशील रहेको महासंघ हो । आफ्नो स्थापनाकाल पूर्व नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मन्च र मद्येशि शिक्षक मन्चले अलग अलग रुपमा उठाउदै आएका शैक्षिक माग र तत्कालीन सरकारहरु सँग भएका संझौताहरुलाई कार्यान्वयन गर्न र अविच्छिन्न रुपमा गुणस्तरीय शिक्षा, शिक्षकका पेशागत हक हित र अनिवार्य र निः शुल्क शिक्षाका लागि आन्दोलित छ नेपाल शिक्षक महासंघ कोही कसैले पनि भ्रम राख्न आवश्यक छैन । शिक्षा संवेदनशील विषय हो । नेपालको शिक्षा कस्तो हुनुपर्छ र संघीयतामा शिक्षा कसरी व्यवस्थापन गर्नका लागि संवैधानिक शिक्षा आयोग अपरिहार्य छ । केवल हामी आन्दोलनका लागि आन्दोलन गरिरहेका छैनौं । नेपाल सरकारले नेपाली शिक्षकर्मीहरुसँग पटक पटक लिखित संझौताहरु गरेको ऐतिहासिक दस्तावेजहरु पनि साक्षी छन् । केवल शिक्षकहरुलाई टालटुले शैलीबाट टार्ने कामहरु भए अहिले हामी स्थायी स्थिर सरकार प्राप्त गरी मुलुकलाई दिगो शान्ति, दिगो विकास प्रदान गर्दै सुखी नेपाली समृद्ध नेपालको यात्रामा रहेको जगजाहेर छ । यस अवसरमा हामीसँग भएका विगतका संझौताहरु पुनःस्मरण गराउन चाहन्छु ।
विगतका संझौता भएका मुख्य मुद्दाहरुः
१ विद्यालय कर्मचारीको व्यवस्थापन सम्बन्धमा
२. शिक्षकको समयबद्ध पदोन्नति सम्बन्धमा
३. शिक्षकको अध्यापन अनुमतिपत्र सम्बन्धमा
४ अस्थायी शिक्षकका समस्या सम्बन्धमा
५.स्वेच्छिक अवकास सम्बन्धमा
६.संस्थागत विद्यालय शिक्षक कर्मचारीका सम्बन्धमा
७. द्वन्द्वको क्रममा मारिएकाहरुका सम्बन्धमा
८. प्राथमिक द्वितीय र नि. मा. द्वितीय श्रेणीका शिक्षक पद समायोजन सम्बन्धमा
९. शिक्षकको बीमा सम्बन्धमा
१०. उच्च माध्यमिक तहका शिक्षक सम्बन्धमा
११. विद्यालयहरुका समुदायद्वारा व्यवस्थापन सम्बन्धमा
१२.राहत शिक्षकहरुको समस्याका सम्बन्धमा
१३. संस्थागत विद्यालयबाट निष्कासित शिक्षक पुर्नवहाली सम्बन्धमा
१४. विविध
वर्तमान हाम्रा शैक्षिक मागहरु
क. देशको शैक्षिक विकासका पक्षमा रहेका हाम्रा मागहरुः
नेपाल सरकारले वार्षिक वजेटको न्युनतम् २० प्रतिशत र कुल गार्र्हस्थ उत्पादनको ४ प्रतिशत विनियोजन गरि । संवैधानिक शिक्षा आयोगको व्यवस्था संविधानमा गरियोस साथै व्यवहारिकरुपमा अनिवार्य र निःशुल्क शिक्षा आम नागरिकलाई उपलब्ध गराउने पर्ने लगायत ६ ओटा मागहरु रहेका छन् । भने
ख. शिक्षकको पेशागत हितका लागि राखिएका हाम्रा मागहरु ः
नेपाल सरकारले विगतमा हामीसँग गरेका सम्पूर्ण सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्दै बालविकासमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको लागि दरबन्दी सिर्जना गरियोस । साथै तत्कालीन उ.मा.वि. शिक्षक र प्राविधिक धारका प्रशिक्षकहरुको स्थायित्व र सेवा सुविधाको सुनिश्चतता गरि राष्ट्रिय मर्यादाक्रमको सूचीमा शिक्षकहरुको पनि मर्यादाक्रम समावेश होस लगायतका २६ ओटा संवेदनशील मागहरु रहेकाछन् ।
आन्दोलनका चरणहरु
प्रथम चरण
२०७५ ज्येष्ठ १७ गते देखि २०७५ असार १६ सम्म
दोस्रो चरण
२०७५ असार १७ गतेदेखि २०७५ भदौ १६ गतेसम्म
तेस्रो चरण
२०७५ असोज १५ देखि २०७५ मंसिर २१ गतेसम्म
समृद्ध संसार निर्माणका लागि सकारात्मक एवम् प्रभावकारी योगदान पुर्याउने अचुक अस्त्र शिक्षा हो । शिक्षाले मानिसको मस्तिष्कलाई तीक्ष्ण, ्हृदयलाई कोमल, आचरण र व्यवहारलाई शुद्ध तथा सीपमा निपूर्ण बनाउने काम गर्दछ । आजको प्रतिस्पर्धी युगमा जुन जुन राष्ट्रहरु आर्थिक एवम् सूचना, प्रविधि र सामाजिक भौतिक विकासका दृष्टिले समृद्ध र शक्तिशाली भएका छन् । ती सबै गुणस्तरयुक्त शिक्षाको कारणले नै भएका हुन् । वास्तवमा गुणस्तरीय शिक्षा र आर्थिका विकास एक अर्काका परिपुरक रहेका हुन्छन् । जहाँ गुणस्तरीय शिक्षा हुदैन , त्यहाँ आर्थिक विकास सम्भव छैन, अनि जहाँ आर्थिक विकास छैन त्यहाँ गुणस्तरीय शिक्षा पनि सम्भव छैन , त्यस्तो कुनै राष्ट्र उदाहरणको रुपमा पाउन सकिन्न जहाँ शिक्षाको गुणस्तर कमजोर भएर पनि द«ुततर आर्थिक विकास भएको होस् वा आर्थिक विकास नभएर पनि शिक्षाको गुणस्तर सर्वोत्तम रहेको होस् । राज्यको समग्र विकासको मूलआधार नै शिक्षा भएकाले विश्वका अधिकांश राष्ट्रहरुको वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी गरेको पाइन्छ । हामीले शिक्षाक्षेत्रलाई सडक निर्माण र पुलनिर्माण कार्य जस्तै ठान्यौ ।
लामो समयदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुको समस्या समाधान गर्न सरकारले वि.सं. २०६५ पुस १३ गते शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालको संयोजकत्वमा शैक्षिक समस्या समाधान कार्यदल गठन गरेको थियो । कार्यदलले शिक्षक तथा विद्यालय कर्मचारीका पेशागत संस्थाहरुका प्रतिनिधिहरुवीच लामो छलफलपछि प्रतिवेदन पेश गरेको थियो । तत्कालीन शिक्षामन्त्री रामचन्द« कुशवाहा को संयोजकत्वमा रहेको वार्ताटोली सित २०६६ कार्तिक ११ गते तत्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मद्येशी शिक्षक फोरम र विद्यालय कर्मचारीका पेशागत संस्थाहरु वीच ऐतिहासिक संझौता भएको थियो । यी पेशागत संस्थाहरुको छाता संस्थाको रुपमा नेपाल शिक्षक महासंघ २०७१ मा स्थापना भएको हो । यस दृष्टिकोणबाट शैक्षिक मुद्धाहरुको अविच्छिन्न उतराधिकारी नेपाल शिक्षक महासंघ हो । संझौता भएका शैक्षिक मागहरुको कार्यान्वयन लागि नेपाल शिक्षक महासंघ गत वर्ष सबै तहमा निर्वाचित प्रतिनिधिहरुको निर्वाचन भएपछि निरन्तर आन्दोलनरत छ । अहिले आन्दोलनलाई संघीय तहमा केन्दि«त गर्दै संघीय शिक्षा ऐनमा आफ्ना मागहरुलाई सम्वोधन गराउन मुलुकभरिका शिक्षकहरु २०७५ साल मंसिर १४ गतेदेखि काठमाण्डौंमा धर्ना तथा प्रर्दशनका लागि जुटेका छौं । यसभन्दा अगाडी चरणबद्धरुपमा स्थानीय तह र प्रा्रदेशिक सरकारहरुको ध्यानाकार्षणका लागि प्रदर्शन, धर्ना र विरोध सभाहरु सम्पन्न भइसकेका छन् ।
शिक्षकका समस्या समाधान गर्नु भनेको बालबालिकाको भविष्य राम्रो पार्नु हो । बालबालिकाहरुले गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्नु हो । त्यति मात्र होइन शिक्षा र शिक्षकलाई उच्च प्राथमिकता दिइ स्पष्ट शिक्षा नीति र सक्षम शिक्षक शिक्षण पेशामा आकर्षण गर्नुु भनेको समाजवादको आधार तयार गर्नु पनि हो । यति वेला वास्तवमा आन्दोलन र विरोधबाट समय गुजार्ने वेला होइन तर शिक्षकहरु विवश भएकाछौं ।
(लेखकः नेपाल शिक्षक महासंघ, भाेजपुरका अध्यक्ष हुन् ।)