लण्डन । बेलायतमा बसोवास गर्दै आएका तामाङ समुदायले ल्होछार धुमधामका साथ मनाउने तयारी गरेको छ । तामाङहरुको संस्था तामाङ समाज बेलायतले सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ ।
२०१९ फेब्रअरी १० का दिन विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ २८५५ औ सोनाम ल्होछार भब्यताका साथ मनाइने तयारी गरेको हो । नेपाली तामाङ सभ्यता र सस्कृ,ती अनुसार ल्होछार मनाउन लागिएको संस्थाका अध्यक्ष कुमार लामा स्याङतानले बताए
तामाङ जातिको भाषा, धर्म, सँस्कृतिलाई जगेर्ना गर्नुका साथै बिभिन्न सामाजिक काम गर्ने उद्धेश्यले सन २००६ मा स्थापना भएको यस संस्थाले यो वर्षको ल्होछारमा पनि कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष स्याङतानले जाकारी दिए ।
साऊथ ह्यारो स्थित ‘ह्यारो बोरो फुटबल क्लब’ मा आयोजना गरिने उत्तः कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । म्होन्दोमाया गायक, गीतकार यूबी मांग्रेसा, बिरु गोम्जा, अनिल गुरुङको विशेष प्रस्तुति रहने आयोजकले बताए ।