युद्धमा मारिएकाहरुको सम्झानामा पुर्खा दिवस

लण्डन । गोर्खा भर्तीमा संलग्न भई विभिन्न युद्धमा मृत्यु भएकाहरुको सम्झाना र सम्मानमा वेलायतस्थित गोर्खा समुदायहरुले पुर्खा दिवस मनाएका छन् ।
गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको सहकार्यमा गोर्खा भुतपुर्व सैनिक गेसो केन्द्रीय समितिको आयोजनामा बेलायतको विभिन्न स्थानमा पुर्खा दिवस मनाएका हुन । दुई सय बर्ष अघि देखि निरन्तर रहेको गोर्खा भर्तीबाट विभिन्न युद्धमा संलग्न भई मृत्यु भएका नेपाली युवाहरुको सम्झाना र सम्मानमा पुर्खा दिवस हरेक अप्रिल ५ तारिखका दिन विश्वभरी मनाइदै आएको छ ।
पहिलो र दोस्रो विश्वयुद्धताका लगायत अन्य युद्धहरुमा बेलायती फौजीको रुपमा कार्यरत हजारौं नेपाली युवाहरुको मृत्यु भएको थियो । बेलायती सैनिकको रुपमा कार्यरत रहेर ज्यान गुमाउदाँ पनि बेलायत सरकारले कुनै लेखाजोखा नगरी उल्टै विभेद गरेको भन्दै गोर्खा समुदायहरु गुनासो गर्दै आएका छन् ।


दुई सय बर्ष भन्दा अघिदेखि गोर्खाका पुर्खाहरुको योगदान मात्र थिएन । उहाँहरुको परिवार अनि सन्ततिहरुको आत्मावलिदान जीवन वलिदान दिएको थियो । त्यो कयौं गुणा विकराल र दर्दनाक अवस्थामा बहादुरीपुर्वक बेलायत राष्ट्रको शीर उच्च बनाउने वीर गोर्खाहरुको सम्मानमा पुर्खा दिवस मनाउदै आएको गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सचिवलाय सदस्य नरहाङ राईले बताए । बेलायतको राजमुकुटका लागि जीवनबलिदानी दिने गोर्खाहरुलाई बेलायत सरकारले अझै पनि विभेद गरीरहेको छ । उनले भने ‘बेलायतका लागि बहादुरीपुर्वक लडने हामी गोर्खाहरुको लागि बेलायत सरकारले अझै पनि विभेद गरिरहेको अवस्थामा पुर्खा दिवस मनाउदाँ सबै गोर्खाहरुको आँशु आयो । बहादुरीताको बेलायत सरकारले खुसीमा होइन आँशुमा बगाउने काम गरिरहेको छ ।’


पुर्खा दिवस मनाइरहँदा गोर्खा समुदायहरुले बेलायत सरकारसंग न्योचित न्याय माग समेत गरेको छ । विश्वयुद्धताका मृत्यु भएका हाम्रा गोर्खाहरु कति थिए । त्यसको विवरण र उचित क्षतिपुर्ती बेलायत सरकारले दिनुपर्ने हो । तर त्यस्तो कुरालाई पर छोडेर मानवअधिकारको वकालत गर्ने बेलायत सरकारले मानवअधिकार खिल्ली उडाएको नरहाङ राई बताए ।
हरेक वर्ष अप्रिल ५ तारिखका दिन विश्वभरी रहेका नेपालीहरुले पुर्खा दिवस मनाउँदै आएका छन् । पुर्खा दिवसलाई वार्षिक पर्वको रुपमा मनाउँदै नेपाली एकताको लागि इन्स्टिट्युसनको रुपमा विकास गर्ने र यसलाई विश्वव्यापि रुपमा सम्पन्न गर्दै गराउँदै लैजाने उद्देश्यले गोर्खा सिमेट्रीज ट्रस्ट नेपालले कार्यक्रमको आयोजना गर्दै आएको छ । गोर्खा सिमेट्रीज ट्रस्ट र गोर्खा भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ गेसोवीच एक अर्कामा पुर्खा दिवस लागयत अन्य कार्यक्रमहरु संयुक्त रुपमा गर्ने तीन बुदँ सहमती अनुसार पुर्खा दिवस संयुक्त रुपमा मनाउदै आएका छन । गोर्खा भुतपुर्व सैनिक संघ गेसोले बेलायतको अल्डरसर्ट, बेजिङस्टक, पल्मस्टीक, रिडिङ, सुइडन लगायत स्थानमा भव्य रुपमा पुर्खा दिवस पुर्खाहरुलाई सम्झेर मनाए । गोर्खा समुदायहरु एक ठाउँमा भेला भएर पुर्खाको सम्मानमा मौनधारणा र पुष्पगुच्चा समेत अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार