भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । गाउँपालिकाको वडा नं. १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरमा अज्ञात समूहले गए राती आगजानी गरेको छ ।
एनसेलको टावरमा रहेको ५ वटा सोलरको प्यानल तोडफोडका साथै एक थान इन्जिन समेत जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । तोडफोड भएकोे सूचनापछि प्रहरी घटना स्थल तर्फ गएको प्रहरी निरिक्षक राजवंशीले बताउनुभयो ।
एनसेलको टवारमा आगलागी र तोडफोड भएको स्थानीयले विहान नौ वजे मात्र थाहा पाएका स्थानीयले बताएको छ ।