भोजपुर । भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका वडा नं. २ का रामकुमार (नाम परिवर्तित) ले आमचोक गाउँपालिका वडा नं. ६ देवानटारकी वालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गत साउन १५ गते घर नजिकै रहेको जंगलमा वालिका गोठालो गएको मौका पारेर रामकुमारले जंगलमा नै वालिकालाई बलात्कार गरेको जनाएको छ । बलात्कार भएपछि बालिकाले भोलीपल्ट मात्र आमालाई सुनाइकी थिइन । बलत्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएकी थिइन् ।
पीडित वालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ । आरोपी रामकुमारलाई पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।