भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

  सिलिचुङ समाचारदाता

भोजपुर । लामो समयपछि भोजपुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्की सहितको शौचालय निर्माण भएपछि नगरलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।
जिल्लाका अन्य ८ ओटा स्थानीय तह यसअघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भएपनि मुख्य बजार रहेको नगरपालिकाको वडा नम्वर–७ मा शौचालय निर्माणमा ढिलाई हुँदा खुल्ला दिशामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडाबासीले शौचालय निर्माण गरेपछि वडासंगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुल्ला दिशामुक्त घोषणा गर्नु भएको हो ।
नगरक्षेत्र खुल्ला दिशामुक्त घोषणा गरिएसंगै भोजपुर जिल्लालाई यहि असोज ४ गते खुल्ला दिशामुक्त घोषणा गर्ने मितितय गरिएको छ । कार्यक्रमका सहभागीहरुले अथक प्रयासपछि नगरक्षेत्रलाई खुल्ला दिशामुक्त घोषणा गर्न सफल भएको बताउदै, आगमी दिनमा यसको उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने वताएका छन् ।
कार्यक्रम मार्फत खुल्ला दिशामुक्त घोषणा सहयोग गर्ने विभिन्न संघ संस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रमका सहभागीले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । नौ वडा स्थानीय तह मध्ये बजार क्षेत्रभएपनि भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा हुने जिल्लाको अन्तिम स्थानीय तह हो । यस नगरमा १२ वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार