गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा पुनम गुरुङ

लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । अर्का प्रत्यासी शेरबहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै गुरुङले अध्यक्ष निर्वाचित भएकी हुन । गुरुङ डेढ दशक लामो गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनम गुरुङले ४ हजार ५सय ५१ मत प्राप्त गरेर विजयी भएका हुन । ४ हजार ३ सय ४८ मत पाएर शेरबहादुर सुनारले हार व्यहोरेका छन ।
उपाध्यक्षमा प्रेम गाहामगर ३ हजर ५ पाँच ५९ र सुनिलबाबु खड्का २ हजार ७ सय ५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४ हजार ४ सय ४४ मतसहित विजयी भएकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले विजयी भएका छन् ।

महासचिवमा फडिन्द्र भट्टराई ३ हजार ९सय ७५ मत प्राप्त गरेर निर्वाचित भएका छन । सचिवमा जित रानाभाट ३ हजार २ सय ९ र कोशलेश्वर ढकाल ३ हजार २ सय १३ मत ल्याएर निर्वाचित भएका छन् । महिला सचिवमा रन्जिता मल्ल ४ हजार ४ सय ९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३ हजार ५ सय ८७ र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ ३ हजार ९ सय ३६ मतसहित विजयी बने । युवा संयोजकमा नविन गुरुङ ४ हजार ३ सय ६८, र महिला संयोजकमा प्रसुना कंडेलले ३ हजार ३ सय ८५ मतसहित विजयी भएका छन् ।

सदस्यमा सरस्वती केसी ४ हजार ९३, अमृता गिरी ३ हजार ८ सय ४०, गोमा पौडेल ३ हजार ८ सय ३०, प्रकाश कंडेल ३ हजार ३ सय ९९ , कोपिला वनेम ३ हजार २ सय ६०, लालबहादुर गुरुङ ३ हजार ३ सय ४३, कृष्णप्रसाद खरेल २ हजार ८ सय २९, डा सुनिलकुमार शाह ३ हजार ९३, हेमबहादुर लिम्बु ३ हजार २ सय १९ , चन्द्रकला लिम्बू ३ हजार २ सय १० , तारामैया गुरुङ २ हजार ९ सय ५७, ज्ञानेन्द्र आले मगर २ हजार ६ सय ६६ मत ल्याएर विजयी भएका छन ।
आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानीधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन ।
इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठले ३ हजार १ सय २० प्रतिस्पर्धी भिम सारुले २ हजार ९ सय ५ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा लालबहादुर गुरुङ ३ हजार ६ सय ३७ मतसहित विजयी भए । सचिवमा गोबिन्द शर्मा खरेल २ हजार ९ सय ५६ ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा २हजार ७ सय ७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३ हजार ७ सय ६० मत प्राप्त गरी निर्वाचित भएका छन् । सदस्यमा वन्दना केसी ४ हजार ६ सय ४२, मोहन ओली ३ हजार ५ सय ५४, प्रकाश न्यौपाने २ हजार ९सय ३४ र सिताकुमारी पन्त ३ हजार ८ सय २२ मतसहित विजयी भएका छन् । विजयी हुनेहरुमा अधिकांश पुनम गुरुङ समुहका उम्मेद्वार छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार