गैरआवासीय नेपाली संघ बेलायतको विवाद र चुनौती

लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको भर्खरै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अन्य देशको तुलनामा सबै भन्दा बढी सदस्य संख्या रहेको एनआरएन बेलायतको नयाँ नेतृत्व चयनमा विवादको घेरामा प¥यो ।
निर्वाचन समितिको प्राविधिक त्रुटि र कार्यशैलीले गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचन विवादको घेरामा परेको हो । निर्वाचन र मतगणनाको विवादमा आउनु निर्वाचन समितिले दुईवटा विवेकहीन काम गर्याे । तर निर्वाचन समिति स्वीकार गर्न तयार छैन । यसपटक भएको विवादले गैरआवसीय नेपाली संघ बेलायतको गरिमा र भावी दिनहरूमा गलत अभ्यास तर्फ उद्दत गराएको छ ।

पहिलो त्रुटि : निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनका लागि समितिले कुनै ठोस कार्ययोजना बनाएन । निर्वाचनताका हुन सक्ने सम्भावित बिवाद र आउन सक्ने कठिनाईलाई मध्यनजर गरेर आचारसंहिताहरू खास रुपमा तयार गरिएको देखिएन । भोली कुनै समस्या आए त्यसको समाधान गर्न कानुनी बाटोहरूमा समेत सहजता आउन सकोस । निर्वाचनताका दुवै समुहले धाँधली भयो भनेर निर्वाचन समितिलाई निवेदन समेत दिएका थिए । बेजिङस्टोकमा पुनम गुरूङ समुहले धाँधली गरेको शेर सुनार समुहको दावी थियो भने साउथ हेरोमा शेर सुनार समुहले धाँधली गरेको पुनम समुहको दावी थियो । धाँधली भयो भन्ने दुवै समुहको एउटै प्यानलमा मत हाल्न चिट बनाईएको र भित्र बसेर भोट हाल्नका लागि सिकाइएको बुथ क्याप्चर गरिएका जस्ता दुवै पक्षको दावी छ । निर्वाचन समितिले भबिष्यमा पर्न सक्ने यस्ता बिवादको बिषय र जोखिमहरूलाई आँकलन गरेर मतदान अधिकृतलाई सोही अनुसार निर्देशन दिई सतर्कता बनाउनुपर्ने थियो । तर त्यसो भएन । निर्वाचनलाई निष्पक्ष र विवादरहित बनाउन समितिको प्रमुख दायित्व हो । त्यसतर्फ समितिले खासै चासो दिएको पाइन ।

दोस्रो त्रुटि : मतदानपछि भएको विवादलाई दुवै पक्ष राखेर सबैको सहमतिमा मतगणना गर्नुपथ्र्यो । तर एकपक्षको सहभागिता बिना नै मत गणना गरियो । यसले बिश्वसनीयतामा प्रश्नचिन्ह खडा गरियो नै यसले भोलीको दिनमा गलत मान्यता स्थापित गरेको छ । आउने दिनहरूमा शान्तिपुर्ण र विवादरहित निर्वाचन हुने कुरामा शंका पैदा गरेको छ । सहमति बिना थालिएको मतगणनाले बिश्वसनीयतामाथि प्रश्न उब्जिएको छ । जुनै निर्वाचन र मतगणनाको प्रक्रिया सबैमा प्रतिस्पर्धीहरूको सहमतीमा गर्ने गरिन्छ । तर निर्वाचन समितिले आफ्नो दम्भ देखाउदै मतगणना प्रक्रिया सहमति बिना नै ग¥यो । जुन कानुनी रुपमा र निष्पक्षताको सिद्धान्त विपरित थियो ।
भलै पछि एनआरएन अगुवाहरूको सहजीकरणले मत गणना गरिए । तर पनि विवाद घेराबाट मुक्त भने हुन सकेन । निर्वाचन समितिले बिबेकपुर्ण रूपमा निर्वाचन गराउनुमा त चुक्यो नै दम्भ देखाउनमा समेत पछि परेन ।

जातीय रंग र राजनीतिक गन्ध
गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको निर्वाचनमा कसैले जातीय रंग दिन खोजे त कसैले राजनीतिक गन्ध दिए । निर्वाचित अध्यक्ष पुनम गुरूङले जातिय कुरालाई अगाडी लिएर निर्वाचन जित्ने रणानीति प्रयोग गरेका थिए भने शेर सुनारले राजनीति कुरालाई चुनाव जित्न रणनीति अपनाएका थिए । गुरूङ समुदायका पुनमले आफ्नै समुदायका मतबाट चुनाव जित्ने रणनीतिका साथ होमिएका उनले अन्तत ः बाजी मारे । कांग्रेस समर्थित शेर सुनारलाई नेपाली कांग्रेसको जनसम्पर्क र नेकपाका संस्थापन पक्षको समर्थन थियो । समावेशी नाम दिईएको शेर समुहमा राजनीतिक संग केही जातीय समुदायहरुको समर्थन थियो । यसभन्दा अगाडी पनि जातिय रूपमा नेपाली समुदाय बिभक्त नभएका भने होईनन् । पुनम गुरूङलाई यसपटक जिताउन गुरूङ समुदायले ठुलै बल लगाए । बेलायतमा गुरूङ समुदायको जातिवादी व्यवहारलाई निरन्तरता दिएको छ । गुरूङ समुदायको जातीय व्यवहारका कारण शेर सुनार समूह गोलबन्द भएको थियो । गुरूङहरू जातीय व्यवहार र नाराहरूको कारण अन्य जातीहरू एक भएका थिए । जसबाट शेर सुनार कमजोर हुदाँ हुँदै एक्कासी बलियो बनेको थियो । बेजिङस्टक पुनमका लागि गुरूङ समुदायको भोट निर्णायक बनेको थियो । जसबाट पुनमलाई प्राविधिक रूपमा जिताएका थिए । बेजिङस्टक बाहेक अन्य क्षेत्रको मतगणनामा पुनम निकै कमजोर थियो । जसबाट शेर सुनारको लोकप्रियतालाई प्रमाणित गरेको छ ।

गुरूङ समुदाय बिभाजित
बेलायतको हरेक संघसंगठनको नेतृत्वदेखि सबै तहमा गुरूङ समुदायको लिड रोल रहदै आएको छ । उनीहरूको सामुहिकता र क्रियाशिलताको कारण नेतृत्वको भुमिकामा अगाडि आएको छ । तर पछिल्लो समय भित्री रूपमा पश्चिम र पुर्वको गुरूङवीच हुने अन्तरबिरोध यसपटक भने खुल्ला रूपमा देखिएको छ । पश्चिमको गुरूङले पुर्वको गुरूङलाई हरेक कुरामा स्वीकार नगर्ने पुर्वका गुरूङहरूको गुनासो र आक्रोश छ । मतपरिणामको घोषणाको अन्तिममा तारा गुरूङले अभिव्यक्त गरेको आक्रोश र अभिव्यक्तिले प्रमाणित हुन्छ । यसले हरेक तहमा हुने मोर्चाबन्दीमा ठुलो असर पर्ने देखिन्छ । हरेक संघसंगठनहरुमा गुरुङको मोर्चाबन्दीमा क्षयीकरण भने अवश्य हुने देखिन्छ ।

भावी चुनौती
निर्वाचनताका भएको विवादित कुराहरूले एउटा समूह असन्तुष्ट छ । यसलाई मिलाएर लानु नयाँ नेतृत्वको लागि निकै चुनौतीपुर्ण अवस्था छ । सपथग्रहणको बेला शेर सुनार समुहको अनुपस्थिती र बहिष्कारले पुनमका लागि ठुलो चुनौती थपिएको छ । आउने दिनमा पुनम गुरुङको नेतृत्वको लागि जीत हो या पदका लागि उनको कार्यक्षमताले देखाउनेछ । सबैलाई समेटेर लाने प्रयास निकै चुनौतीपुर्ण अवस्था छ । विवादको वीच भएको मतपरिणाम घोषणा र एकपक्षीय समुह असुन्तुष्ट तुषको रुपमा अगाडी बढछ या विमति हुदाँ हुदै एउटा साझा थलोमा उभिन्छ त्यो भविष्यमा देखाउछ । त्यसका लागि निर्वाचित अध्यक्ष पुनमको भुमिकाले पनि भर गर्छ । पुनमले सबैको कुरा सुनेर सबैलाई समेटने प्रयास गर्छ या विगतको सल्लाहकारहरुको सल्लाहमा चल्छ । विगतका दिनहरुमा सल्लाह दिने व्यक्तिबाट मात्रै चल्ने हो पुनमको लागि निकै घातक सावित हुनेछ । बेलायतमा यस्तो स्वार्थ समुहहरु छन जसले अरुलाई उपयोग गरेर आफ्नो फाइदा लिने कुरामा उद्दत छन । यस कुराबाट पुनमले आफुलाई जोगाउन निकै कठिन छ ।
अर्को बेलायतमा एनआरएन चलाउन निकै कठिन छ । बेलायतमा दुई स्कुलिङका मानिसहरु संघसंस्थामा आवद्ध छन । एउटा आर्मी पुष्ठभुमि र अर्को आर्मी बाहेकका अन्य पृष्ठभुमिका छन । बेलायतमा हुने हरेक क्षेत्रमा आर्मी पुृष्ठभुमि र त्यसबाहेककाहरुवीच विभाजित हुने गरेका छन । लामो समय आर्मी पृष्ठभुमि भएकाहरुले आर्मी स्कुलिङबाट चलाउने र अन्यले अन्य स्थापित मान्यता अनुसार चलाउने गरेका छन । यसैवीचमा विवाद हुने भएकाले एकले अर्कालाई अस्वीकार गर्ने परिपार्टीले बेलायतको संघसंस्थाहरु खादा लगाउने खानेमा मात्रै सीमित हुदै आएको छ । यस्तो विभाजित मानसिकताबाट थिलथिल बनेको नेपाली समाजमा काम गर्न निकै चुनौतीपुर्ण अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार