पौवादुङ्मा गाउँपालिकाको वडाध्यक्षमा क–कसको उम्मेदवारी पर्‍यो ? (भिडियाे सहित)

  सिलिचुङ समाचारदाता

 

भोजपुर । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि भाेपजपुरकाे पौवादुङमा गाउँपालिकमा वडाध्यक्ष पदका लागि तीन राजनैतिक दलले मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको वडा नं. –१ श्यामशिलामा वडाअध्यक्ष पदको लागि वुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काङग्रेस र नेपाल मङगोल नेशनल अर्गनाईजेसनले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।


वडा अध्यक्ष पदको लागि नेकपाको तर्फबाट जितेन्द्र राई, नेपाली काङग्रेसको तर्फबाट समरबहादुर कार्की र मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले बताउनुभयो ।
मनोनयन दर्ताको लागि मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली काङग्रेका नेता तथा कार्यकर्ता ¥याली सहित गाउँपालिका केन्द्र च्याङग्रेमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । वडा नम्बर १ श्यामशिलामा हुन लागेको उपनिर्वाचनमा एक हजार ६१६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ८९२ महिला र ७७४ जना पुरुष रहेका छन् ।

भिडियाे

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाएकोले ढुक्क भएर मतदान गर्ने वातावरण रहेको जानकारी दिए। प्रजिअ खतिवडाले भने‘ आज शौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता भएको छ हामीले वडा अध्यक्षको निर्वाचन भएपनि सबै तवरबाट ढुक्क भएर मतदान गर्ने वातावरण बनाएका छौ ।’ तत्कालिन वडाका वडा अध्यक्ष रुद्ध बहादुर पाण्डेको निमोनीयाका कारण गत साउन १८ गते निधन भएपछि उप–निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समयसीमा तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार