भोजपुरको आम्तेकमा बेपत्ता बृद्ध मृतफेला

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुर डेढ महिनादेखि वेपत्ता एक वृद्ध मृत फेला परेको छ । भोजपुर नगरपालिका–११ आम्तेकमा पर्ने सुनखोलाको जंगलमा ८८ वर्षीय दल बहादुर राई मृत फेला परेका हो ।
गत अशोज २५ गतेबाट वेपत्ता भएका सोही वडाको टारबारी वस्ने ८८ वर्षीय राई मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको शब आइतबार सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शबको आवश्यक प्रक्रिया पुरा पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार