भोजपुरमा बालविवाह, जवर्जस्ती करणी कम गर्न दुर्गममा सचेतना कार्यक्रम

  सिलिचुङ समाचारदाता

भोजपुर । जिल्लामा पछिल्लो समय जवर्जस्ती, करणीको घटनामा बृद्धि हुन थालेपछि ग्रामिण क्षेत्रमा सचेतनाका कार्यक्रममा गर्न थालिएको छ । ग्रामिण क्षेत्रमा कार्यक्रम प्रभावकारी बनाउन सदरमुकाभन्दा दुरदराजका ठाउँलाई केन्द्रित गर्न थालिएको हो । यसले कार्यक्रमले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने देखिएको छ ।


सचेतनामूलक कार्यक्रमहरु सदरमुकाममा धेरै सञ्चालन तर ग्रामिण क्षेत्रमा सचेतनाका कार्यक्रमहरु प्रायः कम मात्र हुने गरेका छन् । ‘विषेश गरेर विद्यार्थी लक्षित, स्थानीयलाई कानुनीको बारेमा जानकारी दिनको लागि कार्यक्रम गरिएको हो, यो कार्यक्रममले स्थानीयवासीहरुमा न्यायको पहुँच विस्तार हुने आश गरेका छौ । जिल्ला सरकारी वकिल कार्यालय भोजपुरका सह–न्यायधिवक्ता प्रमोद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुर्गम भेगमा कानुनको जानकारी दिने लक्ष्यले हाम्रो हो आउदो दिनहरुमा अन्य ग्रामिण क्षेत्रमा कार्यक्रम गर्छौ, न्यायमा पहुँच विस्तार हुन्छ, ।’’
गाउँघरमा हुने कानुनी अज्ञनताका कारण वालविवाह, जवर्जस्ती करणी लगायतका घटनामा बढ्न थालेको कारण पनि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयले भोजपुरको हेलौछामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
सहभागीहरुले कार्यक्रम निकै राम्रो रहेको प्रतिक्रिया दिदै त्यसबाट धेरै ज्ञान लिन पाएको बताएका छन् । सुगम ठाउँमा मात्र हुँदै आएका कार्यक्रम समुदाय स्तर सम्म सञ्चालन हुँदा यसले अपराधमुक्त समाज निर्माणमा सहयोग पुग्ने भोनपा, १ का वडाध्यक्ष विष्णुकुमार भुजेलले बताउनुभयो । स्थानीय सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रमलाई विद्यार्थीहरुले पनि निकै उत्सुकताका साथ लिएका छन् । प्रहरी तथा सरकारी वकिलको कार्यालयले दिएको कानुनी ज्ञानले आफूहरुलाई कानुन विषयमा थाहा पाउने अवसर मिलेको विद्यार्थीले बताएका छन् ।
कार्यक्रम विद्यालयमा सञ्चालन भएकामा शिक्षकहरुले खुसी व्यक्त गरेको छन् । विद्यार्थीहरुलाई हालको कानुन व्यवस्थाको बारेमा जानकारी दिनसके, अपराधिक क्रियाकलाप नियन्त्रणमा केहि सहयोग पुग्ने विद्यालयका प्रधानध्यापक रामकुमार तामाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार