भोजपुरका अमिन राईको कोरियामा मृत्यु

  सिलिचुङ समाचारदाता

भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए।

परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो।

अमिन ५ वर्षदेखि कोरियामा कार्यरत् थिए। उनको शव नेपाल ल्याउन कोरियास्थित नेपाली समाजले पहल गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार