सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा २ सयले घटेको छ । आज सुन तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । तेजावी सुन भने ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

बुधबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै  चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार