भोजपुरमा मतदान हुने वडाको सुरक्षामा कडाई

  सिलिचुङ सम्बाददाता

फायल फोटो

 

भोजपुर । उपनिर्वाचनलाई लक्षित गर्दै पौवादुङमा गाउँपालिका १, श्यामशिलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ३ महिना अघिदेखी प्रमुखविहीन बनेको एकमात्र उक्त वडाको उपनिर्वाचनमा कडा सुरक्षा संयत्र खटाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
वडाध्यक्ष पदको निर्वाचन भएपनि निर्वाचनलाई गम्भीर रुपले हेरिएको छ । आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको प्रजिअ खतिवडाले बताए । निर्वाचनको बेला आवतजावत गर्ने सवारीसाधनलाई चेकपासको व्यवस्था मिलाईएको छ । प्रजिअ खतिवडाले भने ‘हामीले सुरक्षाका सबै प्रबन्ध मिलाएका छौ, मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण छ’ प्रजिअ खतिवडाका अनुसार धेरै भिड र आउजाउले सुरक्षा चुनौती बढ्ने भन्दै वडाबासी बाहेक बाह्य सर्वसाधरणलाई प्रवेश निषेध गरिएको छ ।
डिएसपी नरबहादुर सलामी मगरले पनि उपनिर्वाचनलाई लक्षित गर्दै एक सय बढी नेपाल प्रहरी मतस्थलमा परिचालन गराईएको बताए । ५० बढी सशस्त्र प्रहरी र निर्वाचन हुने वडामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प समेत राखिएको जनाइएको छ । मतदान स्थलको बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । हालसम्म कुनै पनि निर्वाचन विरोधी गतिविधि नभएको प्रहरीको भनाई छ । निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएकोले सबैलाई ढुक्क भएर मतदानमा सहभागी हुन प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार