बेलायत । किरात राईहरूको भाषिक संस्था चाम्लिङ खाम्बातिम बेलायतले यलेदुङ निदुङ तथा माघेसंक्रान्ती कार्यक्रम धुमधामका साथ मनाएको छ ।
११ जनवरी २०२० मा बेलायतको ग्याम्बलेनमा चाम्लिङ खम्बातिमले यलेदुङ निदुङ तथा माघेसंक्रान्ती धुमधामका साथ मनाएका हुन । चाम्लिङ खाम्बातिनले किरात बर्ष शुरू भएको दिनलाई विशेष पर्वको रूपमा यलेदुङ बर्ष प्रत्येक बर्ष मनाउदै आएका छन । किरात राईहरूभित्र बिबिध भाषी रहेको र त्यमध्ये चाम्लिङ भाषा छुट्टै बिशेषता भित्र रहेको छ ।
भाषाको संरक्षण सम्बद्वर्न गर्नका लागि भाषिक संस्थाहरू बेलायतमा क्रियाशिल रहदै आएको छ । भाषाहरू बिश्वमा नै बिस्तारै दुर्लभ हुँदै गएकाले यसको जगेर्ना गर्नु आवश्यकता रहेको किरात राई यायोक्खा बेलायतका उपमहासचिव नरेश काङमाङले बताउनुभयो । त्यसका लागि भाषिक संस्थाहरूलाई मजबुत बनाउनपर्ने बताउनुभयो ।
भाषाले जातिको पहिचान दिने र जहाँ जुनसुकै अवस्थामा भए पनि संरक्षण गर्नुपर्ने किरात राई यायोक्खाका केन्द्रीय पुर्व अध्यक्ष डाक्टर सुमाया राईले बताउनुभयो । कार्यक्रममा चाम्लिङ भाषीहरूको संस्कार संस्कृतिको बारेमा जानकारी तथा प्रर्दशनी गरिएको थियो । भाषिक संस्थालाई योगदान दिने विशिष्ट संरक्षकहरूलाई चाम्लिङ खाम्बातिमले सम्मान समेत गरेका थिए । सम्मानित हुनेहरूमा रत्न राई,गदमश्वरी राई, चन्द्रदेपल राई र अशोककुमार राई रहेका थिए ।
कार्यक्रमको अध्यक्षता चाम्लिङ खाम्बातिमका अध्यक्ष भाग्यवती राईले गर्नुभएको थियो ।
भिडियाे हेर्नुहाेला