लण्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले यलेदुङ तथा माघेसंक्रान्ती कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिवार लण्डनको नर्थहोल्डस्थित नर्थहोल्ड सोसियल क्लबमा एक कार्यक्रमको आयोजना गरि यलेदुङ तथा माघेसंक्रान्ती सम्पन्न गरेको हो । दुई सय जना भन्दा बढि सहभागिता रहेको कार्यक्रममा ठुला मान्यजनबाट आशिर्वाद लिने दिने र विभिन्न परिकार भोजनहरू गरिएको थियो ।
कार्यक्रममा बोल्दै किरात राई यायोक्खा बेलायतका केन्द्रीय अध्यक्ष कल्पना राईले यलेदुङ यलेसम्बत किरातकालिन सभ्यतासंग जोडिएकाले ऐतिहासिकता र सान्दर्भिकताबारे नयाँ पुस्तालाई समेत जानकारी गराउनुपर्ने बताउनुभयो । किरात राईहरूको पहिचान भाषा, धर्म संस्कारलाई बचाईराख्नु आजको आवश्यकता भएको पनि उहाँले बताउनुभयो ।
यलेसम्बत यलेदुङको बिषयमा केही बुझाईहरू सम्मान नदेखिएकोले यसको ऐतिहासिकता र तथ्यताको आधारमा सबैको बुझाईलाई सम्मान बनाउनुपर्ने किरात राई यायोक्खाका पुर्व केन्द्रीय अध्यक्ष डाक्टर सुमाया राईले बताउनुभयो । यलेदुङ किरातकालिन सभ्यतासंग जोडिएकाले हामी सबैको अस्तित्वसंग जोडिएको पनि उहाँले बताउनुभयो ।
किरात राईहरू यसरी नै प्रत्येक बर्ष यलेदुङ मनाउदै आएका छन । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । गायक सोनाहाङ राईले आफ्ना प्रस्तुति दिएका थिए ।
हेर्नुहाेला भिडियाे तल