लण्डन । भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न बेलायतमा बस्ने किरात राईहरुको युवाहरुले भेला सम्पन्न गरेको छ । गत शनिवार बेलायतस्थित ग्याम्बलेनमा भाषा, धर्म संस्कारलाई जीवन्त राख्न नयाँ पुस्तालाई समाहित गराउने उद्देश्यसहित किरात राईहरुको युवाहरुले भेला सम्पन्न गरेको हो ।
पछिल्लो समयमा विदेशमा बस्ने नयाँ पुस्ताहरुले भाषा, धर्म, संस्कार विर्सदै गएकाले भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न युवाहरुले आफ्नै अग्रसरतामा युवा भेला गरेका छन ।
युवा भेलाले युवाहरुलाई संगठित गर्न युवा समिति समेत निमार्ण गरेका छन । किरात राईको साझा संस्था किरात राई यायोक्खाको अभिन्न अंगको रुपमा रहने गरी किरात राईहरुको हितमा युवाहरुलाई समेत सरिक गराउनका लागि धीरज राईको संयोजकत्वमा ३१ सदस्यीय युवा तदर्थ समिति निमार्ण गरेको छ । समितिको सहसंयोजकमा किरण राई, आर्थिक प्रमुखमा खगेन्द्र राई र सदस्यहरुमा क्रमश संजीव राई, पवन राई, शालिक राई, प्रज्वल राई, उज्वल राई, विशाल राई, दिवाहाङ राई, गोकुल राई, संगम पुमा राई, चिरन राई, थोमस राई, संजीव पारदर्शी राई, भुवर राई, आनन्द रानाङेछा, विकास राई, प्रकाश राई, अञ्जना राई, सुष्मा रुपाबुङ राई, अपजशे कान्छा, चन्द्र रानोङछा, मणीचन्द्र राई, सहदेव राई, शिव राई सुवास राई, आशिका राई, जगदीश राई र श्री राई रहेका छन । भेलाले सल्लाहकार समिति समेत चयन गरेको छ । प्रमुख सल्लाहकार मास्टर राष्ट्र राई र सल्लाहकारहरुमा इश्वर चाम्लिङ, देवन्द्र खेरेस, दीपक राई, भोलाविक्रम राई र डाक्टर प्रमोद कोयु राई रहेका छन ।
भाषा, धर्म संस्कारसंग नयाँ आउने पुस्तालाई परिचित गराइराख्नुपर्ने अवस्था रहेकाले युवा भेला गरिएको संयोजक धीरज राईले बताए । भाषा, धर्म संस्कार आफ्नो जातीको पहिचान भएको र उक्त पहिचानलाई जहाँ जुन सुकै अवस्थमा भएपनि बचाइराख्नु सबै दायित्व भएकाले युवाहरुलाई समाविष्ट गराउन युवा भेला गरिएको राईले बताए ।
भेलाले आगमी २३ मे तारिखमा हुन गरिरहेको उभौली साकेला र २४, २५ र २६ मे मा सम्पन्न हुने किरात राईहरुको अन्तराष्ट्रिय सम्मेलन सफल रुपमा सम्पन्न गर्नका लागि स्वयमसेवकको भुमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।