भोजपुरमा सूर्या लाईफ ईन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोजपुर शाखाले एकदिने आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । अभिकर्तालाई सामाजिक र व्यावसायिक रुपमा सबल बनाउँदै नागरीकलाई सुरक्षाको अनुभूति गराउने उद्देश्यले तालिम दिईएको शाखाले जनाएको छ ।
तालिममा विभिन्न स्थानबाट आएका ३० जनाले अभिकर्ताको तालिम लिए । जिल्ला समन्वय समिति भोजपुरको सभाहलमा सम्पन्न तालिममा सहभागीले उत्साहजनक सहभागीता जनाएका थिए । सूर्या लाईफ ईन्स्योरेन्स धनकुटा शाखा प्रमुख भेषराज कट्टेलले तालिमको सहजीकरण गरेका थिए ।
गत असोजमा स्थापित भोजपुरको शाखाबाट अहिलेसम्म ५० बढिले विमा गरिसकेको भोजपुर शाखा प्रबन्धक प्रकाशसिं राईले जनाए । शाखाबाट विभिन्न शिर्षकमा विमा गर्ने नयाँ विमितहरुको संख्यामा बृद्धि भईरहेको बताए । उनले तालिम लिएका नयाँ अभिकर्तालाई स्वालम्बन बनाउन सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार