मन्त्री सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि मन्त्रालयद्वारा छानबिन गर्न निर्देशन

काठमाडौँ- पर्यटन मन्त्री योगेश भट्टराईसमेत सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको छ।

नेपाल पर्यटन बोर्डले संयोजन गरेको उक्त मिटिङमा सोमबार मन्त्री भट्टराई बोलिरहेका बेला एक्कासी पोर्न भिडियो बजेको थियो। मन्त्री भट्टराई बोलिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ  सेयर भएको थियो।

कोरोना भाइरसको महामारीपछि पर्यटकीय गतिविधिलाई कसरी सञ्चालन गर्नेबारे तयार पारेको प्रोटोकलमा छलफल गर्न बोर्डले मन्त्री भट्टराईलाई समेत सहभागी गराएर जुम मिटिङ गरेको थियो। मिटिङमा दुई सयभन्दा बढी सहभागी थिए। जुम मिटिङमा अनधिकृत व्यक्ति कसरी प्रवेश गरे भन्नेबारे बोर्ड नै आश्चर्यमा परेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार