बेलायतका संक्रमित नेपालीमध्ये लगभग सबै निको

लण्डन । कोरोना महामारीका कारण संसारमै सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको मुलुक हो बेलायत । हालसम्म बेलायतमा मृत्यु हुने ६७ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

 

बेलायतमा कोरोनाले ज्यान गुमाउने नेपालीमा अधिकांश भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य छन् । मृतकमध्ये जना भूपू गोर्खा परिवारका हुन् ।

 

कोरोनाका कारण मृत्यु भएका ८५ प्रतिशतभन्दा बढी ७० वर्ष उमेर नाघेका छन् । जसमा ३२ वर्षकी युवतीदेखि ९६ वर्षका वृद्ध समेत छन् ।

‘कोरोना महामारी शुरु भएयताको अवधिमा बेलायतमा मृत्यु हुने नेपालीको कुल संख्या झण्डै एक सय छ’, लण्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरन भन्छन्, ‘हामीले सम्बन्धित परिवारबाट मृतकलाई कोरोना संक्रमण भएको पुष्टि हुनेको मात्रै संख्या सार्वजनिक गरेका छौं ।’

दूतावासले बेलायतस्थित भूपू गोर्खाका संघसंस्था, गोर्खा वेल्फेयर ट्रस्ट र स्थानीय काउन्सिलहरुको सहयोगमा नेपालीहरुको तथ्यांक जुटाइएको बताएको छ ।

 

बेलायतमा कोरोनाबाट कति नेपाली संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन । तर दूतावास, एनआरएनए यूके लगायतले बटुलेको तथ्यांकका आधारमा संक्रमित नेपालीको संख्या कमसेकम १ हजार कटेको देखिन्छ ।

कतिपयले संक्रमण भएपनि खुलाउन चाहनुहुन्न । दूतावासको सम्पर्कमा आउने र हाम्रा स्रोतहरुबाट पुष्टि हुने संक्रमित नेपाली पनि करिब सात सय हुनुहुन्छ, उपनियोग प्रमुख आरनले भने, तर यहाँको समुदाय र अन्य स्रोतबाट संक्रमित नेपालीका संख्या बढी नै छ भन्ने बुझिन्छ ।

संक्रमितमध्ये अस्पतालमै भर्ना भएर उपचार गराउनेहरु १ सय ५१ थिए । जसममध्ये मृत्यु हुने ६७ जनाबाहेक अरु सबै ८४ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । अहिले बेलायतका लगभग सबै संक्रमित नेपाली निको भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार