लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर केन्द्रीय सभापति कृष्णकुमार राई नेतृत्वको गेसो टोलीले ज्ञापनपत्र बुझाएको हो ।
बेलायती सेनाका अवकाशप्राप्त भूपू गोर्खा र उनीहरुका परिवारमा कोरोना महामारीले पुर्याएको असरका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्न परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको सभापति राईले बताए ।
महामारीका कारण अफेठेरोमा परेका गोर्खाहरुको सहयोगको लागि सरकारी स्तरबाट पहल गरिदिन समेत मन्त्री ज्ञवालीमार्फत आग्रह गरिएको उनले बताए । परराष्ट्रमन्त्रीसंगको भेटमा गेसोका पदाधिकारीले लकडाउनकै कारण नेपालमै रोकिएका पूर्व गोर्खाहरुको विषयलाई महत्वका साथ उठाएका थिए ।