हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।

 

आगलागीमा परेर १८ जना घाइते भएका छन।  मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

 

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।

एनआरएनए  हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार