कोभिडको कारण बेलायतमा एक समाजसेवीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा एक समाजसेवी भुतपुर्व गोर्खा सैनिककोे दुखद निधन भएको छ । लण्डन बस्दै आएका ५५ वर्षीय भुतपुर्व गोर्खा सैनिक अम्बर गुरुङको बुधबार निधन भएको हो ।

 

उनको मंगलबार लन्डनस्थित हिलिङडन अस्पतालमा निधन भएको हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका सदस्य सुधिर सुनुवारले जानकारी दिए । जनवरी ५ तारिखमा कोरोनाभाइरसको संक्रमणले स्वास्थ्यस्थिति गम्भिर बनेपछि अस्पताल भर्ना भएका गुरुङको उपचारको क्रममा निधन भएको हो ।

 

लन्डनको हेजमा बस्दै आएका गुरुङ सामाजिक कार्यमा संलग्न थिए । उनको श्रीमती र दुई छोरा रहेको छ । एक छोरा बेलायत र एक छोरा अमेरिकामा बस्दै आएका छन । भोजपुरको छिनामखुमा स्थायी घर भएको उनकी आमा इटहरीस्थित हाँसपोसा तरहरामा बस्दै आएकी छन् ।

 

स्व. गुरुङको निधनप्रति हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीले गहिरो समावेदना प्रकट गरेको छ । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट धेरै नेपालीले ज्यान गुमाएका छन् । हालसम्म सार्वजनिक भएअनुसार करिब ८० जना नेपालीले कोभिडबाट ज्यान गुमाइसकेका छन् । मृत्यु हुने अधिकांश भूतपूर्व गोर्खा र तीनका परिवारहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार