
लण्डन । बेलायती भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भुतपुर्व सैनिक संघ गेसोका महासचिव दशरथ राईलाई मातृशोक परेको छ ।
गेसो महासचिव राईको ममतामयी आमा ९० बर्षीया मनलछी राईको आज शनिवार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपास्थित आफ्नै निवासमा निधन भएको छ । घरैमा वसीरहेको अवस्थामा बुद्धा आमाको दुखद निधन भएको महासचिव दशरथ राईले बताए । कुनै विरामी हुनुभएको थिएन । आमा निधन भएको खवर एक्कासी पाएँ, महासविच दशरथ राई भने ‘१८ बर्ष अघि ब्रेनहेम्ब्रेज भएर बाँया हात चल्दैन थियो । त्यसपछि लठ्ठी टेकेर हिडडुल गर्नुहुन्थ्यो । तर त्यस्तो कुनै ठुलो रोग थिएन ।’
मनलछी राईको तीन भाई छोराहरु मध्ये महासचिव दशरथ राई माइला छोरा हुन । कान्छा छोरासंगै बस्दै आएका मनलछी राई बृद्धा अवस्थाले दिनदिनै कमजोर बन्दै गएको थियो । राईको आजै किरात संस्कार अनुसार अत्येष्टी गरिएको परिवार स्रोतले जनाएको छ । मनलछी राईको निधनप्रति गोर्खा भुतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामाङले गहिरो दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समावेदन प्रकट गरेको छ ।







