राजकुमार फिलीपको निधनप्रति पुन समाज युकेद्धारा गहिरो दुख व्यक्त

 

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको निधनप्रति पुन समाज युकेले गहिरो दुख व्यक्त गरेको छ ।

 

राजकुमार फिलीपको निधनले बेलायतले अपुरणीय क्षती ब्यहोरेको भन्दै मृत आत्माको शान्तिको कामना पनि गरेका छन् । पुन समाज युकेले शोकसन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् । पुन समाज युकेका अध्यक्ष धनबहादुर थाने पुनले एक विज्ञप्ती जारी गर्दै राजकुमार फिलीपको निधनले बेलायती जनताले एक असल अभिभावक गुमाएको भन्दै श्रद्धान्जली अर्पण गरेका छन ।

 

राजकुमार फिलीपको निधन गत शुक्रबार ९९ बर्षको उमेरमा निधन भएको थियो । राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उहाँको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

 

 

कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

 

 

उहाँको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार