
लण्डन । किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतले मन्धुम सम्बन्धी ‘‘प्रशिक्षण तथा अन्तरकृया’’ कार्यक्रम गर्ने भएको छ । मुन्धुमबारे वहस र छलफल गर्ने उद्देश्यका साथ आउँदो २० जुन २०२१ मा प्रशिक्षण तथा अन्तरकृया सम्पन्न गर्ने भएको हो ।
भर्चुअल जुमको माध्यमबाट सम्पन्न हुने प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम मुन्धुम सम्बन्धी जानकार र अध्ययताद्धारा सहजीकरण हुने किरात राई यायोक्खा केन्द्रीय समितिका उपाध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।
किरातहरुको जीवन र दर्शनसंग सम्बन्धित रहेको मुन्धुमलाई जीवन्त राख्ने अभिप्रायका साथ प्रशिक्षण तथा अन्तरकृया गर्न लागिएको किरात राई यायोक्खा बेलायतले जानकारी दिए ।
प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा किरातीहरुको चुलाको महत्व, आवश्यकता, पुजा गर्ने प्रकृया, मुन्धुमभित्र किराती भाषा, भाषाको महत्व, मुन्धुम प्रर्वद्घन, मुन्धुम विकासमा किराती शासनकाल, त्यसको असर र उपलब्धीहरुबारे छलफल हुने छ ।
प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको सहजीकरण किरात राई यायोक्खा केन्द्रीय समिति नेपालका अध्यक्ष दिवस राई, किरात राई यायोक्खा केन्द्रीय समितिका पुर्व अध्यक्ष चतरभक्त राई, डा. तारामणी कोयी राई र मुन्धुम अध्ययता शान्तिदेवी राईले गर्ने भएको छ ।
प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, प्रारम्भिक कार्यसमितिका पदाधिकारी, सदस्य, साधारण, आजिवन लगायत किरात राई महानुभावहरुको सहभागिता रहने भएको छ । हाम्रो संस्कार र संस्कृतिलाई जीवन्त राख्न सहयोग पुगोस भन्ने हेतुले प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गर्न लागिएको किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बताए ।







