भक्तबहादुरको नामबाट निकालिएको विज्ञप्ति आधिकारिक होइन : गेसो

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भक्तबहादुर गुरुङको नामबाट अनधिकृत रुपमा विज्ञप्ति प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।

 

गेसोका उपसभापति जितबहादुर राईले विज्ञप्ति जारी गर्दै भक्तबहादुरको नामबाट निकिालिएको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ ।

 

भक्तबहादुर कुनै पनि शाखाको आधिकारिक पदाधिकारी नभएको भन्दै अनधिकृत व्यक्तिको नामबाट निकालिएको विज्ञप्तिको भ्रममा नपर्न समेत गेसोले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार