चाड पर्वको पुर्बसन्ध्यामा भूपू गोर्खाहरुसंग क्यान ईन्टरनेसनल र स्याङ्जा समाज युके को भेटघाट तथा सहयोग कार्यक्रम

भूपू गोर्खाहरुसंग कम्युनिटिज् एन नेचर (क्यान) ईन्टरनेसनल र स्याङ्जा समाज युकेले आफ्नो उदेश्य अनुसार साउथ ह्यारोमा भेटघाट तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
भूपू गोर्खाहरुलाई एक्लो पनबाट मुक्त गर्ने मुख्य उदेश्य रहेकोले भेलाको आयोजना गरिएको (क्यान)ईन्टरनेसनलका निर्देशक डा. बलराम ढकालले बताए । संस्थाको स्थापना भएसंगै विभिन्न कल्याणकारी तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको पनि उनले जानकारी दिए ।
उपस्थित भएका भूपू गोर्खाहरुका अन्य समस्याहरुको विषयमा पनि उनले जिज्ञासा राखेका थिए । त्यस्तै क्यानका चियरमेन गोभिन्द वेलबासेले भन्नु भयो, ‘हामी मान्छेहरु सबै विषयमा पुणर् नहुने भएकोले सामाजीक भेटघाट गरी एक अर्का विच जानकारी मुलक सुचनाहरु आदान प्रदान गर्दै अघि बढ्नु पर्ने हुन्छ ।’ उहाँले थप भन्नु भयो, ‘मान्छेहरुलाई विभिन्न समस्याहरुको कारण एक्लो पनले सताउने गर्छ ।’
अझ धेरै बृद्ध अवस्थामा शारिरीक समस्याको कारण पनि असामाजिक हुँदै जान सक्ने भएकोले सामाजिक भेटघाट कार्यक्रमको आयोजनाहरु क्यानले गर्दै आईरहेको छ ।’ कार्यक्रममा एन.आर.एन. ए. वेलायतका पूर्व उपाध्यक्ष थर्क सेन, ब्यावासयी कमल पौड्यौल, स्याङजा समाज वेलायतका अध्यक्ष सारद गुरुङको उपस्थिती रहेको थियो ।
त्यस्तै भूपू गोर्खा सैनिकहरु समाजसेवी डेभिड गुरुङ, समाजसेवी उदान वहादुर राई, समाजसेवी ज्ञान वहादुर राईको उपस्थिती रहेको थियो । भूपू गोर्खा सैनिकहरुको बाक्लो उपस्थिती रहेको उक्त भेलाले यहि आउँदो १८ सेप्टेम्बर २०२१ दिन सामुद्रिक किनारमा घुम्न जाने निणर्य पनि गरेको छ । भूपू गोर्खा सैनिक र उनको श्रीमतीहरुलाई निशुल्क घुम्न लैजाने जानकारी डेभिड गुरुङले दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार