भूपू गोर्खाहरुलाई सामुद्रिक किनारको भ्रमण

लण्डन । वेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई बेलायतस्थित एक संस्थाले सामुद्रिक भ्रमण गराएका छन । कोभिड १९ को महामारीले घरैभित्र वसिरहेका बृद्ध गोर्खा भूपूहरुलाई अन्तराष्ट्रिय अर्गानाईजेसन् कम्युनिटिज् एण्ड नेचर (क्यान)ले भ्रमण गराएको हो ।

 

लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई १८ सेप्टेम्बर दिन ब्राईटन सामुद्रिक किनारमा भ्रमण गराएका छन । सामुन्द्रिक किनार पुगेर भलाकुसारी गर्दै रमाएका गोर्खा र तीनका परिवाहरु मादलको तालमा नाचगान गरेका थिए । उनीहरु नेपाली लोकलय ‘सालैजो’ भाकाका गीतहरु सुनेर साउथ अफ्रिकादेखि आएका भ्रमण टोलीले पनि मनोरञ्जन लिएका थिए । नाचगानको विदेशीहरुले पनि फोटो खिचेका थिए । सामुद्रिक किनारमा मात्र हैन, भ्रमणमा आउँदा जाँदा पनि दोहोरी गीत गाउँदै रमाईलो गरेको समाजसेवी डेभिड गुरुङले बताए । रिटार्यर्ड डब्लु ओटु खम्बासिं राईले भने, ‘दुई बर्षको अन्तरालपछि लामो दुरीको यात्र गरी रमाईलो गर्ने मौका पाईयो, आर्गानाईजरलाई हामी सबैको तर्फबाट धन्यवाद ।’

 

सेप्टेम्बर महिनाको तेस्रो हप्ता भए पनि मौसमले साथ दिएकोमा सबै हाँसी खुशी देखिन्थे । विहानको एघार बजे दुईवटा कोच (वस)ले उनीहरुलाई लण्डनको नर्थहोल्टबाट शुरु भएको ब्राईटन सामुद्रिक किनार भ्रमण गराएर बेलुकी साढे सात बजे ल्याई पुराएका थिए ।

 

तमुधी लण्डन, नातागोता युके, स्याङजा समाज युके, सनपाल समाज युके लगायतका संस्थाहरुले क्यानसंग सहकार्य गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार