नेपाली जनसम्पर्क समितिको आगमी नेतृत्वमा कोपिला सुब्बाको उम्मेदवारी

लण्डन । नेपाली कांग्रेसको प्रवास कमिटि नेपाली जनसम्पर्क समिति (एनपीसीसी), बेलायतको आगमी नेतृत्वका लागि युवा नेतृ कोपिला सुब्बाले सभापतिमा दावी गरेकी छिन । बर्तमान उपसभापति समेत रहेकी सुब्बाले विधि र पद्धतीलाई स्थापित गर्न उम्मेदवारी दिएकी बताउदै सभापतिमा दावी गरेकी हुन ।

 

नेपालको संविधान र पार्टीको विधानलाई सर्वोपरी हितमा स्थापित गर्न सुब्बाले आगमी नेतृत्वका लागि दावी गरेको बताएकी छिन । जनसम्पर्क समितिको शनिवार हुने पाँचौ अधिवेशनले नयाँ नेतृत्वसंगै नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । लन्डनको साउथ ह्यारोमा सम्पन्न हुने अधिवेशनमा आगमी नेतृत्वका लागि सभापतिमा सुब्बासँगै अन्य चार जनाले उम्मेदवारी दिएका छन ।

 

आगमी नेतृत्वका लागि वर्तमान सभापति युवराज गुरुङ, अर्का उपसभापति युवराज सिंह, महेश दाहाल र रिचर्ड गुरुङले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक सम्पुर्णानन्द ढुंगानाले बताए । पार्टी सभापतिमा यसअघि ‘सहमति’ भइसकेको चर्चा चले पनि बेलायती पासपोर्ट भएकाहरुले सभापति पदमा उठ्न नमिल्ने भन्ने केन्द्रीय निर्देशन आएपछि उपसभापति सुब्बा आगमी नेतृत्व लिन अग्रसर भएकी हुन ।

 

भर्खरै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बेलायत भ्रमणको क्रममा जनसम्पर्क समितिको नेतृत्व र प्रतिनिधिका लागि नेपाली पार्सपोर्ट हुनुपर्ने अनिवार्यता भएको बताउनुभएकोले पनि उम्मेदवारी दिएको सुब्बाले बताइन । विदेशी पासपोर्ट भएकाहरुलाई राजनीति गर्न संविधान र पार्टीको विधानले रोकेको प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको भनाई गर्दै उदृत गर्दै सुब्बाले भनिन् –‘‘त्यसैले पनि मेरो अनिवार्यता र स्वीकार्यता देखिएपछि उम्मेदवारी दिनुपरेको हो । ’’

 

सुब्बाले जनसम्पर्क समितिमा साढे पाँच वर्ष उपसभापति पदमा रहेर काम गरेकी छिन् भने नौ वर्ष सहमहामन्त्री रहेर काम गरिसकेकी छिन । सब्बा पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठान बेलायतको सभापति समेत हुन् । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डबाट बिजेनस विषयमा मास्टर्स गरेकी उनले दर्जन बढी सामाजिक संस्थाहरूमा रहेर नेतृत्वदायी भुमिकामा रहेर काम गरेको अनुभव लिइसकेकी छिन् । गैरआवासीय नेपाली संघ(एआरएनए) बेलायत, ताप्लेजुङ समाज बेलायत लगायतमा रहेर महत्वपुणै योगदान गरिसकेकी छिन् ।

 

सुब्बाले विशेषगरी ताप्लेजुङ जिल्लामा दुई दुई आगलागी हुँदा राहत सङ्कलनको अभियान कुशलतापूर्वक सञ्चालन गरेकी थिइन् । महिला नेतृत्व र समान अवसरका लागि आगमी नेतृत्वका लागि उम्मेदवारी रहेकी बताइन् । उनले पार्टीलाई विधि विधान, अनुशासन र पद्धतिमा चलाउन पनि आफू अगाडि बढेको स्पष्ट पारिन् । देश, जनता र पार्टीको हितका लागि विधि पद्धतीहरुलाई शिरोपर गर्नुपर्ने सुब्बाले बताइन ।

 

राजनीतिक पारिवारिक पृष्ठभूमि भएका कोपिला बेलायतमा बसेर नेपालको राजनीतिको बारेमा राम्रो अध्ययन गरेकी छिन । उनकी आमा लीला बोखिम नेपाली कांग्रेसको चर्चित नेतृ हुन । बोखिम हाल नेपाली कांग्रेस ताप्लेजुङ जिल्लाको पार्टी सभापति छिन । सुब्बाले सभापति पदका लागि मतदाताहरू आफ्नो पक्षमा रहेका कारण आगमी नेतृत्व लिन ढुक्क छिन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार