गैर–आवसीय नेपाली संघ बेलायतको सदस्यमा क्षमता ढकाल मनोनित

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले सामाजिक सेवामा क्रियाशिल क्षमता ढकाललाई सदस्यमा मनोनित गरेको छ । गैर–आवसीय नेपाली संघ बेलायतको नव निर्वाचित कार्यसमितीले ढकालसहित ५ जनालाई कार्यसमितीमा मनोनित गरेको हो ।

 

 

समितिले ढकालसंगै आवेश राई, श्याम लुइटेल, हितकाजी गुरुङ र ग्याञ्जु शेपालाई सदस्यमा मनोनित गरेका छन । साथै समितिले संघको प्रबक्तमा भरतमणी चोङवाङ लिम्बुलाई मनोनित गरेको छ । ढकाल लगायत ५ जनालाई नेपाली समाजमा पुर्‍याएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरिएको जनाएको छ ।

 

प्रबक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यवसायी तथा पुर्व गोर्खा हुन भने सदस्य आवेश राई सुचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन । अर्का सदस्य श्याम लुईटेल बेलायतका क्रियाशिल पत्रकार हुन ।

क्षमता ढकाल बेलायतमा लामो समयदेखि सामाजिक काममा क्रियाशिल रहदै आएकी हुन । नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकाल र माता सुस्मा ढकालकी छोरी रहेकी क्षमता ढकाल ललितपुरको धोबिघाट निवासी हुन् । हाल उनी लण्डनमा बस्दै आएकी छन् । उनले नेपाली चलचित्रहरु समेत निमार्ण गरेकी छिन । उनले नयाँ नेपाल, राहदानी र खोज नामक चलचिलत्र निमार्ण गरिसकेकी छिन । विश्व हिन्दु महासंघ र विश्व ज्योतिष महासंघको समेत ढकाल केन्द्रीय सदस्य छिन ।

 

लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रहेर सेवा गरेकै कारण उनी विभिन्न संघ्संस्थाहरुबाट सम्मानित भएकी छिन । क्षमता गतव्य नेपाल, जेष्ठ नागरिक आश्रम लगायत अन्य संघसंस्थाहरुबाट सम्मानित भएकी हुन् । नेपाली कांग्रेसको प्रवास कमिटि बेलायत जनसम्पर्क समितिको सदस्यमा समेत आबद्ध भएर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । हाल उनी बेलायतमा कानूनशास्त्रमा अध्ययन गर्दै छिन् ।

 

क्षमता ट्यारोड कार्ड रिडर समेत हुन । कार्डको माध्यमबाट सम्पुर्ण भविष्यबाणी गर्ने गर्छिन । लण्डनको एक कलेजबाट ट्यारोड कार्ड रिडरको अध्ययन गरेकी क्षमता ट्यारोड कार्डसंगै वास्तु रेकी र स्टोनको विषयमा समेत राम्रो ज्ञान राख्छिन ।

ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यारोट कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गर्ने गर्छिन । क्षमता ढकाल ट्यारोटकार्डबाट देशका प्रमुख तथा पार्टीको नेता तथा कार्यकर्ताहरुको पनि ट्यारोट कार्ड मार्फत भबिष्य हेरेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार