किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशन ११ डिसेम्बरमा

लण्डन । किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशन लण्डनमा सम्पन्न हुने भएको छ । ११ डिसेम्बरमा लण्डनको साउथ हेरोस्थित महाधिवेशन सम्पन्न हुने भएको हो ।

 

महाधिवेशनमा बेलायतभरी रहेका १३ प्रारम्भिक कार्यसमिति र भाषिक संस्थाका २ सय बढि प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागी हुने जनाइएको छ । किरात राईहरुको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्र्बद्धन गर्ने अभिप्रायका साथ स्थापना भएको किरात राई यायोक्खाको महाधिवेशन प्रत्येक तीनबर्षको अवधिमा हुदै आएको छ । महाधिवेशनले विगतको समिक्षा, भावी कार्ययोजना निमार्ण र नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

 

महाधिवेशनमा संस्थामा भएको गतिविधिहरुको समुहगत रुपमा छलफल गरी निष्कर्षका साथ घोषणापत्र समेत जारी हुने किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले बताइन । महाधिवेशन सम्पन्न गर्नका लागि सम्पुर्ण तयारीसमेत भईसकेको अध्यक्ष राईले बताइन ।

 

महाधिवेशनमा सहभागी हुने प्रतिनिधी तथा पर्यवेक्षकहरु समेत लगभग टुंगो लागिसकेको जनाइएको छ । महाधिबेशन सम्पन्न गर्नका लागि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पूर्व अध्यक्ष यशोदा राईको संयोजकत्वमा अध्यक्ष मण्डल र पुर्व अध्यक्ष डा. सुमाया राईको संयोजकत्वमा निर्वाचन समिति समेत गठन भईसकेको किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बताए । महाधिबेशन सम्पन्न गर्नका लागि व्यापक तयारी भइरहेको पनि उपाध्यक्ष राईले बताए ।

 

महाधिवेशन सम्पन्न गर्नका लागि कार्यविभाजन गरेर कामहरु द्रुत गतिमा भइरहेको किरात राई यायोक्खा बेलायतका महासचिव नरेश काङमाङले बताए । संस्थालाई सही दिशा निर्देशनका लागि महाधिवेशन कोसेढुङ्गा सावित हुने पनि महासचिव काङमाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार