युक्रेनका अधिकांश नेपाली सुरक्षित स्थानमा पुगे, चार जनामा मानसिक समस्या

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए।

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन्। हालसम्म ५ सय ११ जना नेपाली सुरक्षित गन्तन्यमा पुगेका छन्। उद्धार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र लिएको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकोले पारिवारिक र व्यवहारिक कारणले युक्रेन छोड्न नकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार