सल्लाहकारहरु मनोनित गर्दै किरात राई यायोक्खा आशफोर्डको पहिलो बैठक सम्पन्न

लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्डको सातौं अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमिति बैठकले सल्लाहकारहरु मनोनित गरेको छ । यही शनिवार सेन फ्रान्सिस्को चर्च हलमा सम्पन्न पहिलो बैठकले सल्लाहकारहरु मनोनित गरेको हो ।

 

अध्यक्ष बसुन्धरा नयोङ राईको अध्यक्षतामा बसेको बैठकले ध्यानबहादुर मेवाहाङ राई, सर्वधन थुलङ राई, प्रश्न थुलुङ राई, ओम बाहिङ राई, चक्रबहादुर साम्पाङ राई, मानुस चाम्लिङ राई, गंगाप्रसाद बान्तावा राई, किरण चाम्लिङ र चन्द्रिका राईलाई सल्लाहकारमा मनोनित गरेको छ । बैठकले १ जना सल्लाहकार पछाडी मनोनित गर्ने समेत निर्णय गरेको छ ।

 

बैठकले रिक्त रहेको सहसचिवमा क्याप्टेन रघुवीर राई र सदस्यमा उद्दमाया राईलाई मनोनित गरेको छ । बैठकमा अधिवेशनको समयमा सपथग्रहण गर्न छुटेका समितिका पदाधिकारीहरुलाई उपाध्यक्ष मानुस चाम्लिङ राईको उपस्थितीमा सपथग्रहण र स्वागत गरिएको थियो । बैठकले अधिवेशनको समिक्षा सहित भावी कार्यक्रमहरु समेत तर्जुमा गरेको छ । बैठकले २८ मे मा किरात हाउस ग्याम्वल्सलेनमा सम्पन्न हुने साकेला उभौली कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नका लागि यातायात व्यवस्था नहुनेहरुलाई यातायातको व्यवस्था समेत गर्ने निर्णय गरेको छ ।

बैठकको अन्त्यमा स्वर्गीय गौनमाया राईको स्मृतिमा उहाँका छोरी ज्वाईहरु चन्द्रिका राई, प्रेम राई, सरिता राई, जगत राई, रमिला राई, भक्तकुमार राईले १ सय ५५ पाउण्डको पानी तताउने भाँडो र पेय पदार्थहरु समितिलाई सौजन्य उपलब्ध गराएका थिए । उक्त सामग्रीहरु समितिका अध्यक्ष बसुन्धरा नयोङ राईलाई हस्तान्तरण गरिएको कार्यक्रममा उपस्थित सल्लाहकार चक्र राईले जानकारी दिनुभएको थियो ।

बैठकको समापनमा बोल्नु हुदै समितिका अध्यक्ष बसुन्धरा नयोङ राईले किरात राई यायोक्खामा देखिएको विवादहरुलाई समाधान गर्न सबैले सोच्नुपर्ने आएको बताउनुभयो । एकता नै समग्र किरात राईहरुको हितमा हुने भन्दै अध्यक्ष राईले सबै गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । बैठक समितिका सचिव डिल्लीराम राईले सन्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार