अध्यक्ष राईद्धारा किरात राई यायोक्खा बेलायतको बारेमा भइरहेको टिकाटिप्पणीको खण्डन (भिडियो)

लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राईले बेलायतमा हुन गइरहेको साकेला उभौली र चुला पुजाको बिषयमा भइरहेको टिकाटिप्पणी र समाचारप्रति खण्डन गरेका छन । अध्यक्ष राईले एक भिडियो सन्देश जारी गर्दै बेलायतमा हुने चुला पुजा र साकेला उभौलीका बिषयमा सामाजिक सन्जालहरुमा भएको टिकाटिप्पणीको खण्डन गरेका हुन ।

 

३ मे मा राईले १६ मे मा हुने चुला पुजा र २८ मे मा हुने साकेला उभौलीमा आफ्नो पनि उपस्थिती रहने र बेलायतमा बस्ने सम्पुर्ण किरात राईहरुलाई उपस्थितीका लागि आब्हान गरेका थिए । उक्त भिडियो सन्देश जारी भएपछि  एक समुहले गम्भिर ध्यानाकर्षण भएका भन्दै संस्था आन्तरिक द्धन्द्धमा फसिरहेको बेला सकरात्मक पहल र अभिभावकीय भुमिका निर्वाह गर्नुको सट्टा एकपक्षीय प्रहार गरी सम्बन्धविच्छेदको अवस्थामा धकेल्ने खोजेको भन्दै विज्ञप्ती जारी गरी आपत्ती जनाएका थिए । उक्त आपत्तीपछि राईले आफ्नो अघिल्लो भिडियो सन्देश गलत मनसायले नभई सम्पुर्ण किरात राईहरुको हितमा र संस्थागत हिसावमा दिएको स्पष्टीकरण दिएको छ ।

(अघिल्लो भिडियो हेर्नुहोस)

उनले कसैप्रति पूर्वाग्रह राखेर भन्दा पनि संस्थागत कुरालाई ध्यान दिएर आफ्नो संस्थागत विचार राखेको पनि प्रष्ट परेका छन । “किरात राई यायोक्खा दशौं राष्ट्रिय महाधिवेशनबाट पारित भएको विधान अनुसार चल्ने संस्था हो । किरात राई यायोक्खा बेलायत संस्थानको विधानअनुसार अन्तराष्ट्रिय शाखा अन्तरगत रहेको र उक्त शाखा समितिको निमन्त्रणमा बेलायतमा उपस्थिती हुने हो”, उनले भने ।

 

बेलायतमा फरक धारणा राख्ने फरक समुह हुनुहुन्छ, उहाँहरुसंग छलफल नगर्ने र उहाँहरुको कुरा नसुन्ने भन्ने नभएको पनि उनले बताए । विगतमा मिलाउनका लागि धेरै प्रयत्नहरु पनि भएको हो, तर धेरै प्रयास गर्दा पनि फरक समुह रहिरहने परिस्थिती अवस्था भएको उनले बताए ।

 

नेपालले एउटा समुहलाई आधिकारिता दिनु आफ्नो व्यक्तिगत चाहना भन्दा पनि संस्थागत विधि, विधान, प्रक्रियाले र विधानले तोकिएको आधारमा रहेको प्रष्ट पारे । संस्थाको आधिकारिता विधानले परिभाषित गरेको र त्यसैको आधारमा हो, उनले भने –“हाम्रो सांगठानिक प्रक्रिया पद्दतीमा रहने र मान्ने एक समुह रह्यो, नेपालमा बैठक बसेर साझा रुपमा सहमतीको आधारमा आधिकारिता दियौं ।”

 

किरात राई यायोक्खाको विधानलाई नमान्ने र त्यसको लोगो, झण्डा प्रयोग गर्दैन, त्यसको नेपालसंगको सम्बन्धन नरहने भन्ने विधानमा पनि उल्लेख भएकोले तत्कालीन अध्यक्ष कल्पना राईको समुहलाई आधिकारिता दिएको पनि उनले प्रष्ट पारे ।

 

संस्थाको नीति र विधानभित्र जो कोही चल्नुपर्ने हुन्छ, त्यसैको आधारमा संगठनको प्रक्रिया पद्दती पनि चल्ने हो, कसैलाई मन लाग्यो भन्दैमा संस्थाको मुल सिद्धान्त विधानभन्दा बाहिर गएर चल्नु बोल्नु पाइदैन । त्यसैले म पनि विधानको अधिनस्त छु । त्यसैले बेलायतमा दुईवटा संस्थालाई आधिकारिता दिन मिल्दैन । एउटालाई दिने र त्यो एउटा पनि हाम्रो विधानलाई मान्छौं, नेपालको अन्तराष्ट्रिय शाखा हो भनेर स्वीकार गर्नेलाई आधिकारिता दिने हो । बाँकी नेपाल र विधानलाई नमान्नेसंग हाम्रो साइनो सम्बन्ध रहदैन । उनले भिडियो सन्देशमार्फत प्रष्टिकरण दिए ।

 

बेलायतमा भएको विवादलाई सुल्झाउन पटक पटक अधिकतम कोशिस गरेको पनि उनले स्मरण गराए । कोशिस गर्दा गर्दै पनि परिस्थितीले दुईवटा संस्था भइरहेको छ । तर त्यसलाई मिलाउन हाम्रो हर प्रयास गरिरहेको छौं । त्यसका लागि सबै जिम्मेवार हुनु आवश्यक कुरामा जोड दिए ।

 

अध्यक्ष राईले सन्देशमा आफ्ना ठाउँबाट कति प्रयत्न भइरहेको छ, भन्ने कुराको पनि राईले असहमति राख्नेहरुसंग प्रश्न गरेका छन । अरुलाई प्रश्न गरेर आक्षेप लगाएर दोष लगाएर पन्छिने ठाउँ समेत नभएको उनले बताए । अध्यक्ष राईले किरात राई यायोक्खा बेलायतको आधिकारिताको बिषयमा भ्रममा नपर्न सबै बेलायतवासी किरात राईहरुसंग अनुरोध पनि गरेका छन ।

(अहिलेको भिडियो हेर्नुहोस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार