किरात राई यायोक्खा बेलायतले चुला पुजा गरे

लन्डन । किरात राई यायोक्खा बेलायतले चुला पुजा कार्यक्रम सम्पन्न गरेको छ । किरात हाउस ग्याम्बल्सलेनमा गत सोमवार किरात राई यायोक्खा बेलायतले चुला पुजा कार्यक्रम सम्पन्न गरेको हो ।

 

पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि किरात राई यायोक्खा बेलायतले भेला भएर तीन चुलाको पुजा गरेका हुन् । किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्तीको आधारमा हरेक बैसाख पूर्णिमा र मंसिर पूर्णीमाको अवसरमा दुई पटक चुला पुजा गर्ने गरिएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए । प्रत्येक बर्ष साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा बेलायतले चुला पुजा गर्ने गरिएको छ ।

 

बेलायतभरीका किरात राईहरुले किरात हाउस ग्याम्वल्सलेनमा पुजाआजाका लागि आउने गरेको अध्यक्ष राईले बताए ।चुला पुजाको अवसरमा साकेला सिली प्रदर्शन गरिएको थियो । कार्यक्रममा ढोल, झ्याम्टाको तालमा नाक्छुङले मुन्धुम फलाकेर चुला पुजा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार