
लन्डन । नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको आदीवासी जनजाति सम्बद्ध तीनवटा संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार आदिवासी जनजाति महासंघ बेलायत, आदीवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति पत्रहार महासंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकषर्ण भएको जनाएका हुन ।
नायिका मिरुना मगर र भिक्षु फुर्वा तामाङ लामा वीच भएको घटनाको खेद प्रकट गर्दै तीनवटा संस्थाले संवेनशील बिषय नारी र पुरुष वीचको लिङ्गीय द्धन्द्धको रुप लिएर सुल्झनको सट्टा झन बढदै गएर समाज नै विभाजित भएको प्रति पनि चिन्ता व्यक्त गरेका छन ।
समाजमा देखिएको विभाजन र असरले सिंगो आदिवासी जनजाति समुदायमा नै नकरात्मक रुपमा असर परेको भन्दै सबैलाई संवेशनशील भईदिनका लागि आग्रह समेत विज्ञप्तीमा गरिएको छ ।
घटना भएर मिलिसके पनि त्यसलाई अझ बढाउने काम भएकोप्रति पनि खेद प्रकट गर्दै यस बिषयलाई थप विग्रह तर्फ नलैजानका लागि सबैसंग आग्रह समेत विज्ञप्तीमार्फत गरिएको छ । उक्त विज्ञप्ती आदिवासी जनजाति महासंघ नेपाल, नेपाल तामाङ घेदुङ संघ, नेपाल मगर संघलाई समेत वोधार्थ दिइएको छ ।
विज्ञप्तीमा कसैको जात, धर्म, पहिचान र जातियताप्रति ठेस पुग्न क्रियाकलाप रोक्न पनि सम्बन्धित सबै पक्षसंग अनुरोध गरिएको छ । विज्ञप्तीमा आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष शान्तकला राई, आदिवासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष गोमा राना आदीवासी जानजाति महासंघ बेलायतका महासचिव विमला सेनेले संयुक्त रुपमा हस्ताक्षर गरिएको छ ।







