
लन्डन । बेलायतका क्रियाशिल पत्रकार तथा लेखक विश्वासदीप तिगेलालाई मातृशोक परेको छ । बेलायतमा लामो समय पत्रकारितामा क्रियाशिल तथा लेखक समेत रहेका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बूको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको हो ।
स्वास्थ्यमा खराबी देखापरेपछि अकस्मात अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोत जनाएको छ । मुराहाङ, तेह्रथुममा जन्मिएकी स्वर्गीय लिम्बूको बसोबास पछिल्लो समय काठमाडौँ शंखमुलमा थियो । उनका तीन छोरी र चार छोरा छन । यसैबीच,स्वर्गीय लिम्बूको निधनमा विभिन्न संघसंस्थाहरुले शोक व्यक्त गरेका छन ।







