
लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको त्रैमासिक बैठक आइतवार अल्डरसर्टस्थित सम्पन्न भएको छ । २८ मे मा सम्पन्न किरात राईहरुको महान चाड साकेला उभौलीको समिक्षा लगायत अन्य संस्थागत महत्वका ११ वटा एजेन्डाहरुमा विस्तृत छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकले संस्थाको मुख्य मेरुदण्डको रुपमा रहेको सदस्यहरुलाई थप विस्तार र वितरण गरी संस्थालाई थप मजबुत बनाउदै लैजाने निर्णय समेत गरेको छ ।
बैठकमा साकेला उभौली भब्य र सभ्य रुपमा सम्पन्न भएको समिक्षा गर्दै साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भुपजीत राईले साकेला उभौलीको बिषयमा समिक्षात्मक धारणा राखेपछि अन्य उपस्थित भएकाहरुले आफ्नो धारणा राखेका थिए । साकेला उभौलीमा भएको आय व्यायको बिबरण कोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेका थिए ।
समिक्षामा साकेला व्यवस्थापनको क्रममा भएको राम्रा नराम्रो पक्षहरुलाई छलफल गरी आगमी दिनहरुमा मार्गनिर्देशनको रुपमा लिने समेत निर्णय गरेको छ ।
बैठकले ६ अगष्टमा सम्पन्न हुने यलम्बर डे भब्यमा रुपमा मनाउनका लागि आवश्यक तयारीहरु गर्ने निर्णय गरेको छ । कार्यक्रम सफल बनाउनका लागि उपाध्यक्ष मानुस राईको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ । त्यसैगरी नेपाली मेलाको संयोजकमा मेजर भुपजीत राईलाई संयोजक बैठकले तोकेको छ ।
२८ अगष्टमा सम्पन्न हुने नेपाली मेलामा सहभागिता हुने त्यसका लागि आवश्यकीय तयारी गर्ने निर्णय गरेका छन । बैठकमा भर्खरै सचिव पदमा मनोनित भएका श्याम सामसुहाङ राईलाई अध्यक्ष मेजर योगेश कोयी राईले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
बैठकमा किरात राई यायोक्खाको बेलायतस्थित अन्य संघसंस्स्थाहरुसंग भएको सम्बन्ध र दृष्टिकोणको सम्बन्धमा समेत गहन छलफल र समिक्षा भएको थियो ।
बैठकले चर्चित खेलाडी तथा कलाकार राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ बेलायतमा प्रर्दशनका तयारीमा रहेका कारण उक्त चलचित्रलाई सफल बनाउन आवश्यक सहयोग गर्ने समेत निर्णय गरेको छ । बैठकले संस्थाको नियमित रुपमा प्रकाशन हुदै आएको सुम्निमा–पारुहाङ मुखपत्रलाई तत्काल प्रकाशन गर्ने र त्यसको सम्पुर्ण जिम्मेवारी महासचिव र सचिवलाई दिने निर्णय गरेको छ ।
बैठकमा विभिन्न क्षेत्र निकाय र व्यक्तिहरुबाट गरिएको आर्थिक सहयोग अनुरोधका बिषयमा छलफल भएको थियो । वैठक किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतमा सम्पन्न भएको थियो भने सन्चालन महासचिव देवेन्द्र राईले गरेका थिए ।
बैठक समापनको क्रममा अध्यक्ष मेजर योगेश कोयी राईले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आगमी दिनमा संस्थालाई थप मजवुत बनाउन सबैको सक्रिय सहभागिता रहनुपर्ने खाँचो औल्याए ।









