
नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था ९१५ वर्षदेखि १९ वर्ष० को प्रजनन दर ६३ प्रतिशत रहेको बताए ।
“नेपालमा किशोरीको प्रजनन दर उच्च छ, सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्नका लागि प्रजनन दर ३० प्रतिशतमा झार्नु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार मधेस प्रदेश र कर्णाली प्रदेशका किशोरीमा प्रजनन दर बढी रहेको छ । प्रदेश नं १ मा ६१ प्रतिशत, मधेस प्रदेशमा ९६ प्रतिशत, वागमती प्रदेशमा ४० प्रतिशत, गण्डकी प्रदेशमा ५८ प्रतिशत, लुम्बिनी प्रदेशमा ५७ प्रतिशत, कर्णाली प्रदेशमा ८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत किशोरीमा प्रजनन दर रहेको छ ।
उहाँले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु दर हुनसक्ने सम्भावना २० देखि २४ वर्ष उमेरमा गर्भवती हुँदा हुने मृत्युको सम्भावनाभन्दा दोब्बर बढी हुने बताउनुभयो । नेपालमा कुल प्रजनन दर २।३ प्रतिशत रहेको छ । नेपालमा सन् १९७६ मा ६।३ प्रतिशत प्रजनन दर रहेको थियो । दम्पती साथ नहुन, विवाहको उमेर बढ्नु, गर्भनिरोधक साधनको प्रयोग र गर्भपतनले गर्दा प्रजनन दर घटेको पाइएको छ ।
गर्भनिरोधक साधनको पहुँच र प्रयोगको कमी आएकामा अनिश्चित गर्भ बढ्ने तथा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भई महिलाको स्वास्थ्यमा जोखिम बढ्ने उहाँले बताए ।







