किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा बार्षिक भेटघाट

लन्डन । किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको  पाचौं  अधिवेशन तथा तेह्रौं बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार किरात राई हाउस गेम्बल्स लेनमा अधिवेशन तथा बार्षिक भेटघाट सम्पन्न भएको हो । बार्षिक रुपमा हुने भेटघाट कार्यक्रम कोभिड १९ को महामारीपछि यसपटक सम्पन्न भएको हो । अधिवेशन तथा तेर्हौ बार्षिक भेटघाट कार्यक्रम दुई चरणमा सम्पन्न्न गरिएको थियो ।

 

कार्यक्रमको पहिलो चरण उद्घाटन समारोह र दोस्रो चरण निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम समारोह किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतका अध्यक्ष गणेशबहादुर पुमा राईको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पुर्व क्याप्टेन मानबहादुर पुमा राई र विशेष अतिथिमा चालिङ खाम्बातिम बेलायतका कोषाध्यक्ष चन्द्र जयपाल राई रहेका थिए । कार्यक्रम शुरु हुनुभन्दा अगाडी स्वास्थ्य सुरक्षाको बारेमा संस्थाका सल्लाहकार पुर्व मेजर भुपजीत राईले जानकारी गराएका थिए । स्वास्थ्य सुरक्षाको जानकारीपछि राम्रीमाया पुमा राईले उनको दिवंगत पति पुर्व क्याप्टेन हर्कबहादुर पुमा राईको सम्झानामा संस्थालाई नगद तथा पेय पदार्थहरु हस्तान्तरण गरेकी थिइन ।

 

कार्यक्रममा जेष्ठ नागरिकहरु निर्मला पुमा राई र प्रिथिबहादुर पुमा राईलाई खदा ओढाएर सम्मान समेचत गरिएको थियो । कार्यक्रममा संस्थाको सांगठानिक प्रतिवेदन सचिव शेरबहादुर पुमा राईले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जयकुमार पुमा राई प्रस्तुत गरेका थिए । कार्यक्रममा जिसीएसई र उच्च शिक्षा हासिल गरेका र प्रवन्धक जस्तो उच्च पदमा पदोनन्ती भई कार्य गर्ने छोराछोरीहरुलाई हौसलाका निमित्त कदर तथा सम्मान गरिएको थियो । संस्थाले आफ्नो जिवनी ’ ईलुम बम जिन्दगी ’ पुस्तक प्रकाशन गर्ने शिवधन पुमा राईलाई पनि फेटा लगाई सम्मान गरिएको थियो । पहिलो पटक बेलायत आएका नव आगन्तुक ब्यक्ति ब्यक्तित्वहरुलाई वेलायतको बसाई शुभ होस भन्दै स्वागत गरिएको थियो ।

 

कार्यक्रममा किरात पुमा राई चिर स्थायी कोषको प्रमाण–पत्रहरु पनि उपस्थित् अध्यक्ष, प्रमुख अथिथि, बिशेष अतिथि र कोषको उपाध्यक्ष शिवधन पुमा राईबाट बितरण गरिएको थियो । किरात पुमा राई चिर स्थायी कोषमा भएको जम्मा रकम र जम्मा दाताहरु २९ जना रहेको जानकारी पुर्ब मेजर भुपजित पुमा राईले गराएका थिए ।

 

दोस्रो चरणको कार्यक्रममा संस्थाको नयाँ कार्यसमिती चयनका लागि निर्वाचन कार्यक्रम सम्पन्न गरिएको । निर्वाचन कार्यक्रमबाट ११ सदस्यीय नयाँ पाचौं कार्यसमिति चयन गरिएको थियो ।

 

कार्यसमितीको अध्यक्षमा गणेशबहादुर पुमा राई चयन भए । उपाध्यक्षहरुमा जगतबहादुर पुमा राई र मेनुका पुमा राई चयन भएकी छिन । सचिवमा जयकुमार पुमा राई, सहसचिवमा काजीराम पुमा राई र कोषाध्यक्षमा शिवध्वज पुमा राई चयन भएका छन । त्यसैगरी सहकोषाध्यक्षमा सावित्रा पुमा राई चयन भएकी छिन । सदस्यहरुमा महिन्द्र पुमा राई, कृष्णा पुमा राई, सुवाशधन पुमा राई र विशाल पुमा राई चयन भएका छन ।

 

निर्वाचन मन्डलको अध्यक्षमा रि. मेजर मानबहादुर पुमा राई, सदस्य सचिवमा रि.मेजर भुपजीत पुमा राई र सदस्यमा शिवधन पुमा राई रहेका थिए ।

 

निर्वाचन कार्यक्रमको अन्त्यमा निर्बाचन समितीका अध्यक्ष पुर्ब क्याप्टेन मानबहादुर पुमा राईले सम्पूर्ण निर्बाचित कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरुलाई बिधान अनुसार गोपनियताको सपथ दिलाएका थिए । सपथपछि अध्यक्ष लगायत अन्य उपस्थित ब्यक्तिहरुले निर्बाचित सम्पुर्णलाई खदा ओडाई बधाई तथा सम्मान गरेका थिए ।

 

औपचारिक कार्यक्रमको अन्त्यपछि केही मनोरन्जनको कार्यक्रमहरु समेत आयोजना गरिएका थिए । जसमा मेनुका राईले रफल र संख्या अनुमान गर्नु पर्ने खेलको आयोजना गरेकी थिइन भने पुर्ब मेजर भुपजित राईले सकेला सिली नचाएर मनोरन्जन दिलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार