भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन

इजरायल । रोजगारीको शिलशिलामा इजरायल बसोबास गर्ने भोजपुरेहरुको संस्था भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् ।

 

समाजको छैटौँ साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सीता विष्टलाई चयन भएका छन भने महासचिव सुनिता गुरुङ र कोषाध्यक्षमा रोजी गोले चयन भएका छन् ।

 

सदस्यहरुमा नमुना दाहाल, जीवन गोले, तेज गोले तामाङ, अन्जु भट्टराई, बिकास पाख्रिन र सरिता लुइँटेल चयन भएका छन । समाजको संरक्षकहरुमा कृष्ण रायमाझी, विष्णु पाख्रिन र अनु थापालाई चयन भएका छन प्रमुख सल्लाहकार इन्दिरा अधिकारी र सल्लाहकार सरस्वती राई चयन भएकी छिन ।

 

जिल्ला र देश विकासमा सहयोग गर्ने अभिप्रायले भोजपुर सेवा समाज इजरायल गठन गरिएको अध्यक्ष पाख्रिनले बताए । सन् २०१७ मा स्थापना भएको भोजपुर सेवा समाज इजरायलले समाजका हरेक क्षेत्रमा समस्या पर्दा यसले सहयोग गर्दै आइरहेको छ ।

 

उनले प्रवासी भोजपुरेहरुलाई एकीकृत गरी आफनो ठाउँ, संस्कृति, भौगोलिक अवस्थाको पहिचानका लागि संस्था बनेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार