जनप्रगतिशील मञ्च बेलायतको भेटघाट कार्यक्रम

लन्डन । माओवादी केन्द्रको प्रवास संगठन अन्तरगत रहेको जनप्रगतिशील मञ्च बेलायतले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बेलायतको रेडिङस्थित मञ्चले भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

 

जनप्रगतिशिल मञ्चको युरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रवास समन्य समिति सदस्य सुरेन्द्र श्रेष्ठ, सल्लाहकार एवं निर्वतमान अध्यक्ष सुरेश गौतम, युरोप कमिटी सदस्य तथा सल्लाहकार कर्मा पहाडी शेर्पा, प्रवासी नेपाली मञ्चका अध्यक्ष सुरेन्द्र थपलिया, गोर्खा भुतपूर्व सैनिक संघ गेसोका उपसभापति छेत्राकला राई, सचिवालय सदस्य नरहाङ राई, नेपाल चलचित्र महासंघ बेलायतका संयोजक देवीमाया पुन, सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान्ता ज्ञानराज राई, अन्फोका सदस्य डा. गंगा दाहाल, न्यूलक्ष्मी ज्वेलर्सका निर्देशक लक्ष्मी राई र बेलायत छन्त्याल संघका पूर्व अध्यक्ष वीर छन्त्यालको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा जनप्रगतिशील मञ्च बेलायतमा आवद्ध सदस्य तथा शुभेच्छुकहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा राफल ड्र समेत गरिएको थियो । राफल ड्र कार्यक्रमबाट ५ हजार पाउण्ड रकम संकलन भएको थियो । राफल ड्र कार्यक्रमको संयोजन सल्लाहकार कर्मा पहाडी शेर्पाले गरेका थिए । कार्यक्रम प्रगतिशिल मञ्च बेलायतका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन मञ्चका महासचिव विमला लिम्बुले गरेकी थिइन । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शेरसिंह ठकुरीले राखेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार