किरात राई यायोक्खा बेलायतले यसरी यलम्बर डे मनायो (फोटोफिचर)

लन्डन । प्रथम किराती राजा यलम्बरको सम्झानामा बेलायतमा यलम्बर डे भब्यताका साथ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ यलम्बर डे मनाइएको हो ।

 

किरात राई यायोक्खा बेलायतको आयोजनामा धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सांगीतिक प्रस्तुतीहरु गरेर यलम्बर डे मनाइएको थियो । कार्यक्रमको पहिलो चरणमा धनुषबाँण प्रतियोगिता, दोस्रो चरणमा औपचारिक कार्यक्रममा सम्मान तथा शुभकामना मन्तब्य र तेस्रो चरणमा सांगीतिक कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

 

कार्यक्रममा खेलाडी राष्ट्र राई, संगीतकार तथा गायक विसी राई राइर्, गायिका जानुका राईलाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न बिषयमा स्नाकोत्तर भन्दा माथिल्लो तहमा शिक्षा हासिल गर्ने अस्मिता राई, तायुङ राई, निलम राई, समिन राई, सन्ध्यया राई, अस्मिता राई, भुमिका राई आसाम्छा राई, कामना राई र सन्जया राईलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

 

धनुषबाँण प्रतियोगितामा समग्र विजेता अम्मर राई पुरुषतर्फ भुपजीत राई विजेता र दिनेश राई उपविजेता भएका थिए । महिलातर्फ मनिका राई विजेता र गीता राई उपविजेता बनेकी थिइन । बालबालिका तर्फबाट गौरव राई विजेता बनेका थिए । विजेता र उपविजेता हुनेहरुलाई ट्रफीसहित सम्मान गरिएको थियो ।

 

कार्यक्रममा किरात राई यायोक्खा बेलायतले बार्षिक रुपमा प्रकाशन गर्दै आएको सुम्निमा–पारुहाङ मुखपत्रको बिमोचन पनि गरिएको थियो । प्रमुख अतिथी लगायत अन्य अतिथीहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

 

कार्यक्रमको अन्त्यमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार विसी राई र गायिका जानुका राईले पनि आफ्ना प्रस्तुती दिएका थिइन । साथै कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा संविधानसभाका सदस्य तारा राई रहेकी थिइन ।

भिडियो

कार्यक्रममा निवर्तमान अध्यक्ष कल्पना राई , किरात राई यायोक्खा नेपालको पुर्व अध्यक्षहरु डा. सुमाया राई, यशोदा राई पनि अतिथिका रुपमा रहेका थिइन । कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार तथा संरक्षकहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र राईले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मानुस राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार