पदमबहादुर गुरुङको घोषणामा गेसोको आपत्ती

 

लन्डन । गोर्खा भूतपूर्व सैनिक सैनिक संघ (गेसो) ले भर्खरै संस्थापक पदमबहादुर गुरुङद्धारा घोषित संस्था र संस्थामा आवद्ध पदाधिकारी र सदस्यहरुको बिषयमा आपत्ती जनाएको छ ।

 

शुक्रवार एक विज्ञप्ती जारी गर्दै गेसोले भूपूजन्य संस्थाहरुमा कार्यगत एकतामा रहेर गोर्खाहरुको समस्या बार्ताद्धारा समाधान गर्ने उन्मुख भइरहेको अवस्थामा गुरुङले षडायन्त्रपुर्वक बार्ता भाँडनका लागि स्वघोषित रुपमा संस्थाको घोषणा गरी भ्रम फैलाउन खोजेको भन्दै आपत्ती जनाएका हुन ।

 

पदमबहादुर गुरुङले बार्ता तहसनहस गरी भूपू गोर्खा सैनिकहरुवीचमा भ्रम फैलाउने कार्य गरेको भन्दै गेसोले आपत्ती जनाएका छन । पदमबहादुर गुरुङद्धारा घोषणा गरेको समितिमा आवद्धता भएकाहरु सम्बन्धित व्यक्ति र व्यक्तित्वहरुको संलग्नता नरहेको पनि गेसोले दावी गरेको छन । गेसोले कार्यसमितिमा रहेका व्यक्तिहरुलाई सम्पर्क गर्दा उनीहरुसंग सम्पर्क नै नगरी राखिएको पाइएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन ।गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङले १९ सेप्टेम्बरमा नेपालमा रहेको बृटिस क्याम्पलाई हटाई सार्वभौम सम्पन्न राष्ट्र नेपाल निमार्ण बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गरेको घोषणा गरेका थिए । गुरुङले ७८ सदस्यीय कार्यसमिति गठन पश्चात आन्दोलनको नयाँ आयाम शुरु गर्ने समेत घोषणा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार